ओलीले रामबहादुर थापालाई  बैठकमा सहभागी गराएकोमा आपत्ति

सत्तारूढ दल नेकपा (एमाले) आन्तरिक विवाद सुल्झाउने क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली इमानदार हुनेमा आशंका गर्न थालेका छन्। वरिष्ठ नेता माधवकुमार नेपालसँग एमालेको पुरानो संरचना २०७५ जेठ २ गते फर्काउने प्रतिबद्धताबाट एमाले अध्यक्ष ओली इमानदार हुनेमा आशंका गर्न थालिएको हो।  ओली नेतृत्वको सरकारले वैशाख २७ गते विश्वासको प्राप्त नगरेपछि सरकार ढलेको थियो। संसद्मा नेपाल समूहका २८ सांसद उपस्थित नहुँदा ओली सरकार ढलेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन ३ दिनको समय दिए पनि नयाँ...

सम्बन्धित सामग्री

संसदमा पदम गिरी र राजेन्द्र पाण्डेको सवाल जवाफ

काठमाडौं । संसदमा एकीकृत समाजवादी सांसद राजेन्द्र पाण्डे र एमालेका प्रमुख सचेतक पदम गिरीबीच सवाल जवाफ भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद पाण्डेले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने अपराधीलाई कारबाही गर्नुपर्ने बताएपछि एमाले प्रमुख सचेतक गिरीले आपत्ति जनाएका हुन् । ठगी घटनामा पूर्व गृहमन्त्री (एमाले नेता रामबहादुर थापा बादल) र उनका […]

एमालेका दुई समूह मिले हामीलाई आपत्ति छैन

६ जेठमा सर्वोच्च अदालतले गैरसांसद सात मन्त्रीलाई पदमुक्त गर्ने आदेश दियो । यससँगै एकीकृत माओवादी केन्द्रबाट नेकपा एमाले गएका गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह, श्रममन्त्री …

पार्टीको ह्वीप उल्लंघन गम्भीर विषय भएको ओली समूहको निष्कर्ष

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटीको बैठकले पार्टीको निर्देशन नमान्नु गम्भीर विषय भएको निष्कर्ष निकालेको छ। नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभाको आज सम्पन्न उप-निर्वाचनमा उम्मेद्वार बनेका गृहमन्त्री रामबहादुर थापा बादललाई माधवकुमार नेपाल समूहले मत नहालेको भन्दै ओली समूहले आपत्ति जनाएको हो। एमालेको विवाद मिलाउन कार्यदल बनिसकेपछि पनि पार्टीको निर्देशन नमान्नु…

ओलीलाई कारबाही गर्न आयोगसँग प्रचण्ड सचिवालयको माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेकोप्रति आपत्ति जनाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले एक विज्ञप्ति जारी गर्दै ओलीलाई कारबाही गर्न निर्वाचन आयोगसँग माग पनि गरेको छ । एमालेका अध्यक्षसमेत रहेका ओलीले आज एक वक्तव्य जारी गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’को लागि मत मागेका...

एमसीसी सम्झौता : सभामुखले टेबल नगरेकोप्रति सर्वदलीय बैठकमा प्रधानमन्त्री रुष्ट

काठमाडौं । संसद्मा विचाराधीन मिलेनियम च्यालेन्ज कर्पाेशन (एमसीसी) सम्झौतालाई अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दलको साथ खोज्नुभएको छ । संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग शनिवार बालुवाटारमा सर्वदलीय बैठक गर्दै प्रधानमन्त्री ओलीले संसद्मा लामो समयदेखि विचाराधीन एमसीसी सम्झौता अघि बढाउन सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको हो । उहाँले एमसीसी सम्झौता संसद्मा टेबल गर्न नदिई रोकेको भन्दै सभामुखप्रति आक्रोश पोख्नुभयो । बैठकमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘एमसीसी पास गर्ने कि नगर्ने संसद्लाई अधिकार छ । तर, सभामुखले हुँदै नभएको तजबिजी अधिकार प्रयोग गरेर यसलाई रोक्न मिल्दैन भन्नेमा सबै दलको साझा धारणा रह्यो ।’ केही दलले एमसीसी सम्झौताको आलोचना गरे पनि संसद्ले बिजनेश रोक्न नमिल्ने भन्दै एमाले नेतासमेत रहेका परराष्ट्रमन्त्री ज्ञवालीले सभामुख र कार्यव्यस्थामा छलफल गरेर यो विषय टुंगोमा पुर्‍याउनुपर्नेमा सबै सहमत भएको बताए । सरकारका कारण नभई संसद्को नेतृत्वका कारण महŒवपूर्ण विषय अड्किएको सरकारको दाबी छ । एसिड आक्रमण, कोेरोना खोपसम्बन्धी अध्यादेशलाई संविधानको प्रावधानविपरीत पहिलो दिन प्रवेश नै गर्न नदिइएको भन्दै उनले भने, ‘सरकारका कारण होइन, संसद्को नेतृत्वका कारण कतिपय बिजनेश अड्किएका छन्, यसबारे एउटा समझदारी होस् भन्ने चाहेका छौं ।’ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि एमसीसीलाई अघि बढाउने आफूहरू सकारात्मक रहेको भन्दै कार्यव्यवस्था परामर्श समितिमा बिजनेश लिएर प्रस्तुत हुन प्रधानमन्त्रीलाई सुझाव दिएको छ । कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीलाई टेबल गर्छौं भनेर कार्यव्यवस्थामा प्रस्तुत हुन सुझाव दिएको बताए । उनले एमसीसीलाई अघि बढाउने मात्रै नभई संसद्लाई बिजनेश दिने, रिक्त स्थानमा उपनिर्वाचन गर्ने, उपसभामुखको निर्वाचन गर्ने र कोभिड महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई भनेको बैठकपछि पत्रकारहरूलाई बताए । संसद्लाई बिजनेश नदिएकोमा, राष्ट्रिय सभाको अधिवेशन नबोलाएकोमा, संसद्लाई बिजनेशविहीन बनाएकोमा सरकारप्रति आपत्ति प्रकट गरिएको पौडेलको भनाइ थियो । उनले सत्तालाई भन्दा व्यवस्थालाई महत्त्व दिन प्रधानमन्त्रीलाई सुझाव दिएको बताए । परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले मुलुकका साझा समस्या समाधान गर्न आफू सधैं तयार रहेको, वर्तमान सरकार राष्ट्रियहितको पक्षमा दृढतापूर्वक उभिएको र राष्ट्रियताको सवालमा कुनै पनि किसिमको सम्झौता नहुने बताउनुभएको थियो । प्रधानमन्त्रीले पछिल्लो समय राजनीतिक स्थिरतालाई खलबल्याउने, मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउने र राजनीतिक प्रणालीलाई कमजोर गर्ने खालका प्रवृत्ति देखा परेको भन्दै लोकतान्त्रिक शक्तिहरूले त्यस क्रियाकलापलाई निरुत्साहित गर्नुपर्ने बताउनुभएको थियो । प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा प्रमुख प्रतिपक्ष कांग्रेसका नेता शेरबहादुर देउवा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विमलेन्द्र निधि, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेता लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता प्रकाशचन्द्र लोहनी, नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवालगायतको सहभागिता थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका माओवादीका नेताहरू भने बैठकबारे जानकारी नपाएको भन्दै गएनन् ।

प्रश्न सोध्न नपाएकाेमा कांग्रेसकाे आपत्ति

काठमाडाैं । प्रतिनिधिसभाको बैठकमा मन्त्रीलाई प्रश्न सोध्न नपाएको भन्दै प्रतीपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । बिहिबारको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल र परराष्ट्र मन्त्रीले बोलेपछि मन्त्रीद्धयलाई विपक्षी दलका सांसदले ...

मलाई त्यही केटी चाहिन्छ भन्नु अधिनायकवाद हो : गृहमन्त्री

१४ असार, काठमाडौं । माइतीघर मण्डलालाई निशेधित क्षेत्र घोषणा गरिएकोमा आपत्ति जनाइरहेका डा. गोविन्द केसीलाई गृहमन्त्री रामबहादुर थापा बादलले उनी आफैं अधिनायकवादी भएको आरोप लगाएका छन् । विहीबार गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरेर गृहमन्त्री थापाले डा. केसीलाई लक्षित गर्दै भने- 'मैले त्यही ठाउँमा विरोध प्रदर्शन गर्न पाउनुपर्छ, अन्यत्र गर्नुहुँदैन भन्नु त्यो अधिनायकवाद …

गृहमन्त्रीले चोर र ठग भनेको भन्दै प्रदेश ७ का ठेकदारको आपत्ति

२९ जेठ, कैलाली । गृहमन्त्री रामबहादुर थापा 'बादल'को अभिव्यक्तिप्रति प्रदेश ७ का ठेकदारहरुले आपत्ति जनाएका छन् । निर्माण व्यवसायी संघ कैलालीको सभाहलमा मंगलबार प्रदेश निर्माण व्यवसायी महासंघ प्रदेश ७ र निर्माण व्यवसायी संघ कैलालीले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रदेश अध्यक्ष मदनबहादुर कुँवरले गृहमन्त्रीले निर्माण व्यवसायीहरुलाई चोर र ठगको …