नेपालगन्जमा दुई दिने विपद् जोखिम व्यवस्थापनका लागि अन्तर–प्रदेश स्रोत सामूहीकरण कार्यशाला सुरु भएको छ ।लुम्बिनी प्रदेश गृह मन्त्रालयको आयोजना र भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) को सहयोगमा बिहीबारदेखि दुई दिने कार्यशाला गोष्ठी सुरु भएको हो ।
अवधी सांस्कृतिक प्रतिष्ठानद्वारा नेपालगन्जमा ५२६ औँ तुलसी जयन्ती विविध कार्यक्रमका साथ भव्यतापूर्वक मनाइएको छ । नेपाल र भारतका अवधीभाषी साहित्यकारहरूको सम्मान, बहुभाषी कवि गोष्ठी र तुलसीदासको जीवनीबारे चर्चा गरिएको प्रतिष्ठानले जनाएको छ । अवधी सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष विष्णुलाल कुमालको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा भारतबाट आउनुभएका वरिष्ठ साहित्यकारहरू इन्द्रेसबहादुर सिंह, डा. मनोज भारत, सन्दीप सरल र पिके प्रचण्ड तथा नेपालका अवधीभाषी साहित्यकारहरू मधेईसिंह सिख, कृष्णादेवी पाण्डे, शिवप्रसाद पाठकलगायतलाई सम्मान गरिएको थियो । नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सन्तोष कनोडिया र नेपाल प्रज्ञा–
लैङ्गिक संवेदनशीलता कथा लेखन र भाषाका विषयमा नेपालगन्जमा दुई दिने कार्यशाला गोष्ठी सुरु भएको छ । बिहीवारदेखि सञ्चालनमा आएको सो कार्यशाला आज सम्पन्न हुनेछ । अल्पसंख्यक तथा सिमान्तकृत समुदायका सवाललाई सञ्चारमाध्यममा कसरी उठान गर्ने भन्ने विषयमा क्षमता अभिवृद्धि गर्न कार्यशाला सञ्चालन गरिएको हो ।