१७ साउन, काठमाडौं । भारतमा भइरहेको साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आफ्नो अन्तिम लिग खेलमा नेपालले अहिले बंगलादेशसँग खेलिरहेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भइरहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । फाइनल पुग्नका लागि नेपालले बंगलादेश विरुद्धको खेल जित्नुपर्नेछ । पहिलो हाफमा नेपालले गोल गर्ने केही राम्रो अवसर पाए पनि सफल हुन सकेन । […]