देवघाटको देवालयमा पुरातत्व विभागद्वारा उत्खनन

तनहुँको देवघाट गाउँपालिका–५ स्थित मणिमुकुन्देश्वर चक्रवर्ती महादेव मन्दिर परिसरमा पुरातत्व विभागद्वारा उत्खनन कार्य भईरहेको छ । विभागको टोलीद्वारा गत सातादेखी मन्दिर परिसरको पाँच वटा मन्दिर (पन्च देवल) को उत्खनन् भईरहेको छ । पाँच सय वर्ष अघि तत्कालिन पाल्पाली राजा मणिमुकुन्द सेनले त्रिशुली र कालिगन्डकीको संगम देवघाटमा आई ध्यान गरि विभिन्न मठ मन्दिर र देवालयहरुको निर्माण गरेको विभिन्न प्रमाणहरुको आधारमा त्यस समयमा निर्मित मठ मन्दिर र देवालयहरुको शैली, ढाँचा र शिल्पीको पहिचान गर्न उत्खनन् गरिएको पुरातत्व विभागका अधिकृत भाष्कर ज्ञवालीले बताउनुभयो । मन्दिर परिसरमा रहेका पाँच मन्दिरहरु मध्ये चक्रवर्ती महादेवको मन्दिरको गत वर्ष ८० लाखको लागतमा पुननिर्माण सम्पन्न गरिएको थियो । बाँकी चार मन्दिरहरुको अहिले उत्खनन् भईरहेको छ । गत वर्षको मन्दिर पुननिर्माणको क्रममा पाँच सय वर्ष अघि (सन १५०६ ) को राजा मणिमुकुन्दशेनको शिलालेख र करुवामा पैसाको सिक्काहरु भेटिएको देवघाट क्षेत्र विकास समितिका निवर्तमान अध्यक्ष शिवराज पौडेलले बताउनुभयो ।

सम्बन्धित सामग्री

तिलौराकोटमा पुनः थालियो उत्खनन्

११ फागुन, चन्द्रौटा । भगवान् गौतम बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको प्राचीन तिलौराकोटमा विगत जस्तै यस वर्ष पनि उत्खनन थालिएको छ । उत्खननमा बेलायतको दुरह्याम विश्वविद्यालय, पुरातत्व विभाग, लुम्बिनी विकास कोष र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विज्ञ सहभागी छन् । तिलौराकोट क्षेत्रको विभिन्न ठाउँमा उत्खनन कार्य ४५ दिनसम्म चल्ने पुरातत्व विभागका प्रमुख रामबहादुर कुँवरले जानकारी […]

टुकुचामा भेटिएको संरचना संरक्षण गर्नुपर्छ : पुरातत्व विभाग

काठमाडौं : पुरातत्व विभागले इच्छुमती नदी (टुकुचा खोला )उत्खनन गर्दा भेटिएको संरचना पुरातात्विक महत्त्वको भएको प्रमाण भेटिएकाले संरक्षण गर्नुपर्ने बताएको छ।काठमाडौं महानगरपालिकाले जयनेपाल हलबाट कमलादीसम्मको टुकुचा उत्खनन गर्ने क्रममा राणाकालका इँटा भेटिएको थियो। यहाँ बनेको संरचना १०० वर्षभन्दा पुरानो हुनसक्ने प्रमाण भेटिएपछि विभागले पुरातत्व अधिकृत भाष्कर ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको थियो । समितिले अध्ययनका क्रममा वीर शमशेरको शासनकालका इँटा र दस्तावेजसमेत प्र

इच्छुमतीमा भेटिएको संरचना संरक्षण गरिनुपर्छ : पुरातत्व विभाग

काठमाडाैं । पुरातत्व विभागले इच्छुमती नदी उत्खनन गर्दा भेटिएको संरचना पुरातात्विक महत्वको भएको प्रमाण भेटिएकाले संरक्षण गर्नुपर्नेमा जोड दिएको छ । काठमाडौं महानगरपालिकाले जयनेपाल हलबाट कमलादीसम्मको इच्छुमती नदी उत्खनन गर्ने क्रममा वीर शम्शेरको पालाका इँटा भेटिएको थियो । यहाँ बनेको संरचना एकसय वर्षभन्दा पुरानो हुनसक्ने प्रमाण भेटिएपछि विभागले पुरातत्व अधिकृत भाष्कर ज्ञवालीको संयोजकत्वमा...

इच्छुमतीमा भेटिएको संरचना संरक्षण गरिनुपर्छ : पुरातत्व विभाग

पुरातत्व विभागले इच्छुमती नदी उत्खनन गर्दा भेटिएको संरचना पुरातात्विक महत्वको भएको प्रमाण भेटिएकाले संरक्षण गर्नुपर्नेमा जोड दिएको छ ।काठमाडौँ महानगरपालिकाले जयनेपाल हलबाट कमलादीसम्मको इच्छुमती नदी उत्खनन गर्ने क्रममा वीर शम्शेरको पालाका इँटा भेटिएको थियो । यहाँ बनेको संरचना एक सय वर्षभन्दा पुरानो हुनसक्ने प्रमाण भेटिएपछि विभागले पुरातत्व अधिकृत भाष्कर ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको थियो । समितिले अध्ययनका क्रममा वीर शम्शेरको शासनकालका इँटा र दस्तावेजसमेत प्राप्त भ

टुकुचामा भेटिएको संरचना संरक्षण गरिनुपर्छ : पुरातत्व विभाग

काठमाडौँ – पुरातत्व विभागले इच्छुमती नदी उत्खनन गर्दा भेटिएको संरचना पुरातात्विक महत्वको भएको प्रमाण भेटिएकाले संरक्षण गर्नुपर्नेमा जोड दिएको छ । काठमाडौँ महानगरपालिकाले जयनेपाल हलबाट कमलादीसम्मको इच्छुमती नदी उत्खनन गर्ने क्रममा वीर शम्शेरको पालाका इँटा भेटिएको थियो । यहाँ बनेको संरचना एक सय वर्षभन्दा पुरानो हुनसक्ने प्रमाण भेटिएपछि विभागले पुरातत्व अधिकृत भाष्कर ज्ञवालीको संयोजकत्वमा तीन […]

करीब नौ सय वर्ष पुरानाे शिव मन्दिर पुन:निर्माण शुरु

जिल्लाको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको कैलास सन्यास आश्रममा शिखर शैलीको शिव मन्दिर पुर्ननिर्माण हुने भएको छ ।गैँडाकोट नगरपालिका १३ मा रहेको कैलास सन्यास आश्रममा करीब नौ सय वर्ष अघि निर्माण भएको र हाल भग्नावशेषका रुपमा रहेको वास्तुकलाले भरिएको ढुङ्गाबाट शिखर शैलीको उक्त शिव मन्दिर पुर्ननिर्माणको काम थालनी गरिएको हो । गजुर छोडेर ५१ फिट उचाई र चौडाई १७ देखि १९ फिट भएको सो कैलाश सन्यास आश्रम महादेव स्थानका अध्यक्ष पुण्यप्रसाद घिमिरेले जानकारी दिनुभयो । पाँच वर्ष अघि उत्खनन गरी निकालिएका वास्तुकलाले भरिएका ढुङ्गै ढुङ्गाले मन्दिर निर्माण गरिने र भित्र पुरानो शिव लिङ्ग राखिने घिमिरेले जानकारी दिनुभयो । मन्दिर निर्माणका लागि पुरातत्व विभागले सात करोड ६८ लाख रुपियाँ बिनियोजन गरेको समितिका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । यस अघि पुरातत्व विभाग आफैले यहाँ उत्खनन् गरि १५ सय १८ वटा ढुङ्गा उत्खनन गरेर राखेको थियो ।

मौर्यकालीन पोखरी उत्खनन

प्राचीन तिलौराकोटस्थित मध्यभागमा रहेको मौर्यकालीन पोखरीको उत्खनन पुनः सुरु गरिएको छ। तिलौराकोट राजा शुद्धोधनको दरबार एवं भगवान् बुद्धले २९ वर्ष बिताएको ठाउँ हो। युनेस्को जापानिज फन्ड्स इन ट्रस्टको आर्थिक सहयोगमा सन् २०१४ मा पुरातत्व विभाग बेलायतको दुरह्याम विश्वविद्यालय र लुम्बिनी विकास कोषलगायतको टोलीले पोखरीको भौतिक सर्वेक्षण गरेको छ।