कोरोनाबाट थप दुईको मृत्यु, सक्रिय संक्रमित तीन हजार नाघे

काठमाडौं : कोभिड-१९ संक्रमणबाट देशभर आज २ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार दुईजनाको मृत्यु  हुँदा आज ३४७ जना संक्रमित भेटिएका छन्। ३ हजार ८८८ जनामा गरिएको परीक्षणमा ३४७ जनामा संक्रमण पुष्टि भएको हो। आज ९५ जना संक्रमित संक्रमणमुक्त भएका छन्। नेपालमा कोभिड संक्रमितको सक्रिय संख्या ३ हजार नाघेको छ। हालसम्म देशभर ३ हजार १७७ जना सक्रिय संक्रमित रहेका छन् जसमा काठमाडौंमा  १ हजार ७६३ जना, ललितपुरमा ३१३ जना र भक्तपुरमा ८९ जना रहेक

सम्बन्धित सामग्री

थप २६३ जनामा संक्रमण, दुईको मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर २ सय ६३  जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा ३ हजार १६५ जनामा गरिएको परीक्षणमा २ सय ६३ जनामा संक्रमण पुष्टि भएको हो। आज २ जना संक्रमितको मृत्यु भएको छ। यस्तै ५०१ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ५ हजार ४३४ जना सक्रिय संक्रमित रहेका छन् जसमा ४ जना संक्रमित भेन्टिलेटरमा ६१ जना आइसियुमा उपचार गराइरहेका छन् भने २०६ जना संस्थागत आइसोलेसनमा र ५ हज

थप ३४७ मा कोरोना संक्रमण, दुईको मृत्यु

पछिल्लो २४ घण्टामा ३४७ जनामा कोरोनाको संक्रमण देखिएको छ । ३ हजार ८८८ को नमुना परीक्षण गरिएकोमा पिसिआर विधिबाट ३०३ र एन्टिजेन विधिमार्फत् ४४ मा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै पछिल्लो २४ घण्टामा दुईजनाको मृत्यु भएको छ ।पछिल्लो समय संक्रमण बढेसँगै नेपालमा २४ घण्टाभित्र काेनाको सक्रिय संक्रमित ३ हजार १७७ पुगेका छन् ।  सो अवधिमा ९५ जना डिस्चार्जसमेत भएका छन् ।

थप १६० मा कोरोना संक्रमण पुष्टि

काठमाडौं । थप १६० मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या दुई लाख ७२ हजार २१५ पुगेको छ । थप चार हजार ३०९ को पिसिआर परीक्षण गरिएको थियो । हालसम्म पिसिआर परीक्षण गराउनेको संख्या २१ लाख १० हजार ५७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ६८ हजार ४३१ कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर १६५ संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर एक हजार ७३७ सक्रिय संक्रमित रहेका छन् । हाल ८७ संक्रमित क्वारेन्टिनमा छन् । यस्तै ६४ संक्रमित आइसियुमा तथा १५ संक्रमित भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ । थप दुईको मृत्यु नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप दुईको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या दुई हजार ४७ पुगेको मन्त्रालयले जनाएको छ ।