नेपाल टी-२० मा लुम्बिनी अल स्टार्सको लगातार तेस्रो जित

१२ पुस, काठमाडौं । शाड्ली भान सालवायकले अन्तिम बलमा छक्का प्रहार गरेपछि लुम्बिनी अल स्टार्सले नेपाल टी-२० लिगमा लगातार तेस्रो जित हात पारेको छ । सालवायकले अलराउण्ड प्रदर्शन गरेपछि अल स्टार्सले मंगलबार पोखरा एभेन्जर्सलाई ४ विकेटले हरायो । बलिङमा तीन विकेट लिएका उनले ब्याटिङमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै अविजित ३१ रन बनाए । पोखराले […]

सम्बन्धित सामग्री

नेपाल टी–२० क्रिकेट लिग : लुम्बिनी अल स्टार्स फाइनलमा

काठमाडौँ- राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–२० क्रिकेट लिगमा लुम्बिनी अल स्टार जनकपुर रोयल्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । लुम्बिनीले जनकपुरलाई छ रनले हराएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि लुम्बिनीले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४३ रन बनाएको […]

नेपाल टी–२० लिग आजदेखि सुरु हुँदै : उद्घाटन खेलमा पोखरा र काठमाण्डौ खेल्दै

काठमाण्डाै - पहिलो संस्करणको नेपाल टी–२० क्रिकेट लिग आजदेखि सुरु हुँदैछ । आज पहिलो दिन २ वटा खेल हुनेछन् । यी खेल कीर्तिपुर मैदानमा हुनेछन् । उद्घाटन खेलमा पोखरा एभेन्जर्स र काठमाण्डौ नाइट खेल्नेछन् । यो खेल बिहान सवा ९ बजे सुरु हुनेछ । यस्तै आज हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्टर्न युनाइटेडले खेल्नेछन् । लुम्बिनी र फार वेस्टर्न बिचको खेल दिउँसो सवा १ बजे सुरु हुनेछ । प्रतियोगितामा काठमाण्डौ नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किङ्ग्स र लुम्बिनी अल स्टार गर...