भाइटीकाका दिन पनि बागमती सफाइ

तिहारको अन्तिम दिन सबैजना भाइटीकाको तयारी गरिरहेका बेला बागमती सफाइ अभियानकर्मी भने गुह्येश्वरी मन्दिर अगाडिको नदी किनारमा जम्मा भएर सफा गरेका छन् । विसं २०७० जेठ ५ गते शुरु भएको बागमती सफाइ महाअभियान चाडपर्व, जाडो, गर्मी, प्राकृतिक प्रकोपजस्ता प्रतिकुल अवस्थामा पनि जारी छ । गुह्येश्वरी मन्दिर अगाडिको नदी किनारमा छठ पर्व मनाउन बाँस गाडेर छठ घाटलगायत संरचना निर्माण भइरहेको छ । त्यस क्षेत्रमा सफाइ महाअभियानले ४४३औँ हप्ताको सफाइ गरेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सदस्य डा

सम्बन्धित सामग्री

बागमती सफाइ महाअभियानका ५५० साता, उपलब्धी र चुनौती

बागमती सफाइ महाअभियान सुरु भएको आज गौरवमय ५५० साता पुगेको छ । वि.सं. २०७० जेठ ५ गतेदेखि ‘राष्ट्रका नाममा हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने मूलनाराका साथ एकैदिन, एकै समय निरन्तर...

बागमती सफाइ महाअभियान ५५०औं हप्तामा

बागमती सफाई महाअभियान ५५०औं हप्तामा प्रवेश गरेको छ। ‘राष्ट्रका नाममा हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने मूल नाराका साथ २०७० जेठ ५ देखि सुरु अभियानमा हालसम्म १५ लाखभन्दा बढी नागरिक संलग्न...

'बागमती सफाइ अभियान'का ५०० हप्ता, निस्कियो २० हजार टन फोहर

काठमाडौं उपत्यकाको सभ्यताको स्रोत बागमती नदी सफाइको पाँच सय हप्ता नाघेको छ। यस अवधिमा सफाइ गरेर बागमतीबाट करिब २० हजार टन फोहर निकालिएको छ। २०७२ जेठ ५ गते बागमती सफाइ महाअभियान सुरु...

बागमती सफाइ महाअभियान ५०० हप्ताका उपलब्धि

बागमती सफाई महाअभियान २०७० जेठ ५ गते ‘राष्ट्रका नाममा हप्तामा  दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरुवात भएको देशकै लामो स्वयंसेवी महाअभियान हो । यो महाअभियानको कुनै किसिमको समिति छैन, कुनै पदाधिकारी छैनन् न त कुनै बैङ्क खाता नै छ । तर पनि निरन्तर महाअभियान जारी छ । सुरुवात भएदेखि हालसम्म कुनै हप्ता पनि यो महाअभियानले विश्राम लिएको छैन ।एकैदिन, एकै समय स्वयंमसेवी रूपमा सञ्चालनमा रहेको यो महाअभियान नेपालको मात्र नभई सम्भवत संसारकै सबैभन्दा ठूलो र लामो स्वयंसेवी महाअभियान हो ।

बागमती सफाइ महाअभियान : दुई मेट्रिक टन फोहर व्यवस्थापन

राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयं सेवा भन्ने नाराका साथ बागमती सफाइ महाअभियानको ४८२ औँ हप्तामा गैरी गाउँ बागमती पक्की पुल नजिकै सफाइ गरिएको छ । सफाइबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।सफाइमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, नागरिक समाज सञ्जालका पदाधिकारी, अधिकार सम्पन्न बागमती समितिका कर्मचारी, वाग्मती फोहर उन्मुलन उपभोक्ता समितिका पदाधिकारी, काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकु, लायन्स क्लब

बालेन शाहलाई बागमती सफाइ अभियानकर्मीको खुल्ला पत्र

श्री बालेन शाहज्यू, प्रमुख, काठमाडौँ महानगरपालिका मेयरज्यू, काठमाडौँ महानगरको सरसफाइमा तपाईंको ध्यान केन्द्रित भएकोमा खुसी लागेको छ । यहाँको बागमती सभ्यता पनि निकै फोहर छ । म विगत ९ वर्षदेखि बागमती सफाइ महाअभियानमा स्वयंसेवी रूपमा निरन्तर जुटेको एक साधारण अभियन्ता हुँ । यो अभियान संसारकै यस्तो महाअभियान हो, जो विगत १० वर्षदेखि एकै दिन एकै समय निरन्तर सञ्चालनमा रहेको छ । जसमा लाखौं स्वयंसेवी मनहरूको सहभागिता भैसकेको छ । बागमती सफाइ महाअभियान कुनै पनि आपतविपत, भूकम्प, नाकाबन्दी, चाड

बागमती सफाइ महाअभियान १०औं वर्षमा प्रवेश

काठमाडौं । ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ नाराका साथ शुरू गरिएको बागमती सफाइ महाअभियान १०औं वर्षमा प्रवेश गरेको छ । उक्त महाअभियान बिहीवार देखि ९ वर्ष पूरा गरी १०औं वर्षमा प्रवेश गरेको हो । २०७० जेठ ५ गते काठमाडौंको सभ्यताको स्रोत बागमतीलाई स्नान गर्न योग्य बनाउने उद्देश्यले सफाइ महाअभियान शुरू गरिएको थियो । पहिलो चरणमा पशुपति क्षेत्रसम्मको नदी सफा गर्ने लक्ष्य थियो ।      तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको नेतृत्वमा शुरू गरिएको उक्त महाअभियान अनुसार प्रत्येक हप्ता शनिवार बिहान गर्मीमा ७ बजेदेखि ९ बजेसम्म र जाडोमा साढे  ७  बजेदेखि साढे ९ बजेसम्म बागमती नदीका विभिन्न स्थानको किनारमा सफाइ हुने गरेको छ । महाअभियान अहिले ४७१ औं हप्तामा चलिरहेको छ ।      बागमतीबाट हालसम्म २० हजार मेट्रिक टन फोहोर व्यवस्थापन भएको बताइएको छ । महाअभियानमा १५ लाखभन्दा बढीले नदीमै गएर फोहर उठाएका छन् । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सरकारी एवं सामुदायिक संस्थाले पनि योगदान गरेका छन् । महाअभियानलाई सहयोग गरे पनि उद्देश्यअनुसार उपलब्धि हुन नसकेको गुनासो सुनिने गरेको छ ।      महाअभियानका अभियानकर्मी किशोरसिंह शाहीले फोहोर व्यवस्थापनमा स्थानीय सरकारको साथ अत्यावश्यक  हुने बताए । महाअभियानबाट प्रभावित भएर काठमाडौं उपत्यकामा बागमतीका सहायक नदी, बागमतीकै पनि विभिन्न स्थानमा सफाइ अभियान चलिरहेको छ । काठमाडौं उपत्यकाका हाल गुह्येश्वरीमाथिको बागमती, तिलगंगा, आलोकनगर, सुन्दरीघाट, मैतीदेवी, रुद्रमती, विष्णुमतीको माथिल्लो र तल्लो भाग, चक्रपथका उत्तरी र पश्चिमी भाग, मनोहरा, ललितपुरको गोदावरी खोला, भक्तपुरको हनुमन्तेलगायत सांस्कृतिक सम्पदा गरी २५ स्थानमा सफाइ भइरहेको छ ।      काठमाडौं उपत्यका बाहिरका प्रमुख शहर, नदी र सांस्कृतिक सम्पदामा पनि सफाइ अभियान चलेको छ । काठमाडौं उपत्यका बाहिर १०९ स्थानमा सफाइ भइरहेको महाअभियानले जानकारी दिएको छ । अभियानको सफलताका लागि स्थानीय सरकारले साथ दिनुपर्ने माग उठ्दै आएको छ । रासस

पल र पूजा बागमती सफाइमा, ‘छायाँ’ नाम राखेर गरे वृक्षारोपण

८ फागुन, काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा बागमती सरसफाइ अभियानमा सहभागी भएका छन् । शनिबार बिहान बागमती सफाइ गर्न पुगेका पल र पूजा बागमती किनारामा वृक्षारोपणमा पनि सहभागी भए । अभिनेत्री पूजा शर्माले विरुवा रोप्दै त्यसको नाम ‘छायाँ’ राखिन् । शुक्रबारदेखि प्रदर्शन हुन लागेको पल र पूजा अभिनित चलचित्र ‘म यस्तो […]

मन्त्री नै खटिए बागमती सफाइ अभियानमा(फोटोफिचर)

काठमाडौं, २९ माघ। सरुवा रोग लाग्नुमा पानीको धेरै ठूलो भूमिका हुन्छ । दुषित पानीका कारण विभिन्न रोग निम्तिने गरेको अहिलेसम्मको अध्ययन, अनुसन्धानले देखाएको छ । नदी, खोला, नाला, धारा, कुवालगायतका पानीमा फोहोर मिसिदा हैजा, झाडापखला जस्ता सरुवा रोग मानिसमा सर्ने गरेको छ । बागमती नदीको पनि स्वच्छ, सफा राख्न र सरुवा रोगको स्रोत हुनबाट जोगाउन […]

बागमती सफाइ महाअभियान ४१० औँ हप्तामा

बागमती सफाइ महाअभियानको ४१० औँ हप्तामा बागमती र रुद्रमतीको सङ्गमस्थलमा सफाइ गरिएको छ। सफाइबाट नौ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी गोविन्द काफ्लेले जानकारी दिए।...