मिलेर अघि बढ्न ओलीको प्रस्ताव, २८ गतेको निर्णय बदर गर्नुपर्ने नेपाल पक्षको ‘बटमलाइन’

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिलेर अघि बढ्न माधवकुमार नेपाल पक्षलाई आग्रह गरेका छन् । माधव नेपाल पक्षले भने फागुन २८ गते ओली पक्षले एकतर्फी ढंगले गरेको निर्णय बदर गर्नुपर्ने अडान राखेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमवार भएको छलफलमा ओलीले मिलेर अघि बढ्न प्रस्ताव गरेका थिए । महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई जिम्मेवारीविहीन बनाउने तथा प्रदेश इन्चार्ज हेरफेर गर्ने निर्णय खारेज गर्न नेपाल पक्षले माग गरेको छ ।  बैठकपछि नेता रघुजी पन्तले कुराकानी सकारात्मक ढंगले भएको बताए ।...