पर्सा क्षेत्र नम्बर २ मा कांग्रेस अगाडि, जसपाले पछ्याउँदै

  वीरगञ्ज – प्रतिनिधि सभा पर्सा क्षेत्र नम्बर २ मा कांग्रेसले शुरुवाती अग्रता लिएको छ। क्षेत्र नम्बर २ मा पाँचदलीय गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका अज्य चौरसियाले ६७६ मत ल्याएर अगाडि छन्। उनलाई एमाले जसपा गठबन्धनका उम्मेदवार जसपाका सुरेन्द्र कुर्मीले ४९६ मतका साथ पछ्याउँदै छन्। रास्ट्रिय स्वतन्त्र पार्टीका उमेदवारले ४२ मत पाएका छन्।