मौसम बदली : छिटपुट वर्षा र हावाहुरीको सम्भावना

काठमाण्डाै - आज देशका धेरै ठाउँको मौसम बदली भएको छ । मौसम बदली भएकाले आज पहाडी क्षेत्रमा छिटपुट वर्षा र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी दिउँसोपछि पहाडी र तराईका केही क्षेत्रमा मेघगर्जन र हावाहुरीको सम्भावना देखिएको महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । ठूलो र निरन्तर पानी पर्ने तथा हावा चल्ने सम्भावना छैन। काठमाण्डौ उपत्यकामा पनि मौसम आंशिक बदली भएको छ । दिउँसोपख काठमाण्डौमा छिटपुट पानी पर्न सक्ने सम्भावना रहेको मौसमविद् मानन्धरले बताउनुभयो । आज बि...

सम्बन्धित सामग्री

दिउँसो पछि आज पनि धेरै ठाउँमा हावाहुरीको सम्भावना, पहाडी क्षेत्रमा वर्षा

काठमाण्डाै - देशका धेरै ठाउँमा अहिले घाम लागेको छ । अहिले बिहान घाम लागे पनि दिउँसो पछि भने मौसम बदली भइ हावाहुरीसहित धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् रोजर लामिछानेले जानकारी दिनुभयो । हिजो पनि दिउँसो पछि मौसम बदली भइ धेरैजसो ठाउँमा हावाहुरी लागेको थियो । काठमाण्डौ उपत्यकासहित एक/दुई ठाउँमा पानी पनि परेको थियो । तर, रातिदेखि मौसम सुधार हुँदै अहिले बिहान घाम लागेको हो। दिउँसो पछि फेरि पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण बदली भइ हावाहुरीसहित पानी पर्ने मौसमविद् लामिछानेले ...

काठमाण्डौमा वर्षा : आज चर्काे घाम नलाग्ने

काठमाण्डौ - काठमाण्डौमा आज बिहान वर्षा भएको छ । एक/दुई ठाउँमा सामान्य वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौमा आज चर्काे घाम नलाग्ने महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । आज देशका धेरै ठाउँको मौसम बदली छ । गण्डकी प्रदेशका केही ठाउँमा पनि छिटपुट पानी परिरहेको छ । मौसम बदली भएकाले आज पहाडी क्षेत्रमा छिटपुट वर्षा र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो र निरन्तर पानी पर्ने तथा हावा चल्ने सम्भावना छैन । देशका धेरै ठाउँमा भोलिसम्म...

आज पनि मुलुकभर मौसम बदली, ४ ओटा प्रदेशमा वर्षाको सम्भावना

वैशाख २७, काठमाडौं । मुलुकभर मंगलवार मौसम बदली रही वर्षा हुने  सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलवार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको केही स्थानमा मेघ गर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। नेपालमा स्थानीय वायु र भारतको बिहारदेखि पश्चिम बङ्गालसम्म बनेको न्यून चापीय प्रणालीका साथै पश्चिमी वायुको संयुक्त प्रभाव रहेको छ। मंगलवार  राति प्रदेश नं १, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।  यस्तै बुधवार  पनि देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ। प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनर चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेश, कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका केहि स्थानहरूमा मेघ गर्जन/ चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। यस्बै बिहीवार पनि देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ। प्रदेश १, मधेश प्रदेश, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  साथै कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघगर्जन/ चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै तराईका भू-भागहरुमा हावाहुरीको सम्भावना पनि रहेको छ।

आजको मौसम : केही ठाउँमा मौसम बदली‚ पहाडी भेगमा पानी पर्ने

काठमाडौं : स्थानीय, पश्चिमी वायु र देशको दक्षिणी भेगमा बनेको तल्लो वायु मण्डलीय न्युन चापीय प्रणालीको असरले मौसम बदली भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।यिनै प्रणालीको कारण दिउँसो प्रदेश १ को पहाडी भेगका केही स्थानमा पानी पर्ने महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। उनका पश्चिमी, मध्य पहाडी तथा तराईका विभिन्न स्थानहरुमा लागेको तुँवालो कायमै रहनेछ। आज पनि ठूलो वर्षा र हावाहुरीको सम्भावना न्युन रहेकाले तत्काल तुँवालो नहट्ने जनाइएको छ।काठमाडौं उपत्यकाको