काठमाडौँ : काठमाडौँका स्थानीय सम्पदाप्रेमीहरुले काठमाडौं महानगरपालिकालाई ‘घाँस’ उपहार दिएका छन्।
धार्मिक एवम् पुरातात्विक महत्त्वको रानीपोखरीको पुनर्निर्माणमा बेवास्ता गरेपछि घाँसे मैदानको रुपमा परिणत भएको त्यहीको ‘घाँस’ स्थानीय सम्पदाप्रेमीहरुले काठमाडौं महानगरपालिकालाई उपहार दिएका हुन्।
काठमाडौं उपत्यकाका नेवार समुदायको चाड सिठी नखः को अवसर पारेर मंगलबार बिहान रानीपोखरीको सफाई गरेका थिए।