लामो दुरीका सवारीसाधनले तोकिएको भन्दा बढी भाडा लिएको भन्दै कारबाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र यातायात ब्यवस्था कार्यालय मेचीको संयुक्त टोलीले मनपरी भाडा असुल्ने सवारीलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । अन्तर प्रदेश चल्ने सवारी साधनले तोकिएको दर भन्दा बढी भाडा लिएको भन्ने गुनासो आएकाले सवारी जाच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख एवम प्रहरी निरीक्षक निषेश चापागाईँले बताए । सोमबार प्रहरीले झापाको लक्ष्मीपुर सडक खण्डमा साना ठुला गरि ३० वटा सवारी चेकजाच