माधव नेपाल समूहका सबै सांसदले देउवालाई विश्वासको मत नदिने

काठमाण्डाै – नेकपा एमालेको माधव नेपाल समूहका सबै सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् । एमाले विवाद मिलाउन गठित कार्यदलका सदस्यसहित केही सांसद तटस्थ बस्न लागेका हुन् । घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, झपट रावल, राजबहादुर बुढा, सोमप्रसाद पाण्डे लगायतका नेताहरुले दुवै पक्षमा मतदान नगरी तटस्थ बस्ने भएका हुन् । यीमध्ये केही सांसदहरु संसद भवनबाट बाहिरिएका छन् । सांसद एवं पार्टी उपाध्यक्ष भीम रावलले भने सांसद पदब...

सम्बन्धित सामग्री

एमाले सांसदहरुले गरे फ्लोर क्रस, माधव नेपाल विश्वासको पक्षमा मत दिने ठाउँमा

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा फ्लोर क्रस भएको छ । एमालेको माधव कुमार नेपाल पक्षका सांसदहरुले फ्लोर क्रस गरेका हुन् । बैठक चलिरहँदा नेपाल पक्षका केही सांसदले देउवालाई विश्वासको मत नदिने भन्दै बाहिरिएपनि उनी पक्षका अरु सांसदले भने फ्लोर क्रस गरेका हुन् । स्वयम् नेपाल विश्वासको पक्षमा मत दिने ठाउँमा देखिएका छन् । एमालेका कति सांसदले फ्लोर क्रस गरे भन्ने विवरण प्राप्त भइसकेको छैन।

माधव नेपाल पक्षका यी सांसदले देउवालाई मत नदिने

नेकपा एमालेको माधवकुमार नेपाल पक्षका पनि केहि सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् । ती सांसदहरू तटस्थ बस्ने भएका छन् । घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश ...

माधव नेपाल गुटमा विद्रोहको संकेत, यी नेताले देउवालाई विश्वासको मत नदिने सम्भावना

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिन लाग्दा नेकपा एमालेभित्र रोचक घटना विकास भएको छ । एमालेको माधव नेपाल पक्षधरका हस्तीहरुले विश्वासको मतको पक्षमा मत नदिने घटना विकास भएको हो । एमाले उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र सचिवहरु गोकर्ण बिष्ट र योगेश भट्टराईलगायत सांसदहरु देउवाले आजै विश्वासको […]

माधव नेपाल पक्षविनै च्यासलमा शुरू भयो एमाले स्थायी कमिटी बैठक

नेकपा एमाले स्थायी कमिटीको बैठक ललितपुरको च्यासलमा शुरू भएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानमा शुरू भएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहभागी छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गरेकै दिन एमाले स्थायी कमिटीको पूर्वनिर्धारित बैठक बसेको हो । माधव नेपाल पक्षले विश्वासको मत दिनेमा देउवा आश्वस्त रहेको उनकी निकट स्रोतको दाबी छ । एमालेले संस्थागत रूपमा भने देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।