प्रतिवर्ष ५ लाख मेट्रिक टन मल भारतबाट प्राप्त गर्ने सहमति भइसकेको छ : मन्त्री यादव

कृषि मन्त्री महेन्द्र राय यादवले प्रति वर्ष ५ लाख मेट्रिक टन रासायनिक मल प्राप्त गर्ने गरी भारत सरकारसँग सिधा जिटुजी सम्झौता भइसकेको बताएका छन् । सोमबार प्रतिनिधिसभामा मल खाद्य आपूर्तिको सम्बन्धमा उठेको प्रश्नमा जवाफ दिँदै मन्त्री यादवले अहिले झन्झटिलो टेन्डर प्रक्रियाकै कारण मल आपूर्तिमा समयमा आएको बताउँदै अब नेपाल–भारत सिधा जीटीबी माध्यमबाट करिब ८० लाख मेट्रिक टन मल आपूर्ति गर्ने गरी एमओयू भएको बताए । ‘अहिलेकै टेन्डर प्रक्रियामा जाने हो भने मल ल्याउन कम्तिमा पनि २२६ दिन लाग्छ