तामाकोशीमा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य जाँच

दोलखाको तामाकोशी गाउँपालिकाले ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई दक्ष स्वास्थ्यकर्मीमार्फत घरघरमा पुगेर निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरेको छ ।  माघ १५ गतेदेखि सञ्चालन गरेको ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण घरदैलो कार्यक्रमबाट ७ वडाका २ हजार ३१४ जनाले सेवा पाएको गाउँपालिकाले जनाएको छ ।  गाउँपालिकाका अनुसार सेवा लिनेमा १ हजार २०९ महिला र १ हजार १०५ पुरुष रहेका छन् । प्रत्येक वडामा २/२ जनाका दरले दक्ष स्वास्थ्यकर्मीको टोलीसहित घरघरमा पुगेर स्वा...