दोलखामा एमालेका उम्मेदवार शिवाकोटीले लिए अग्रता

जारी मतगणनामा दोलखामा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन् ।३६ हजार ३३६ मत गनिसक्दा एमालेका शिवाकोटीले १६ हजार २१४ मत पाएका छन् भने माओवादीका गङ्गा कार्कीले १४ हजार ७११ मत पाएका छन् । शिवाकोटी १५०३ मतले अगाडि छन् । यसअघि सुरुवातीदेखि नै माओवादीका कार्की अगाडि थिए ।निर्वाचनमा धाँधली भएपछि दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान भएको थियो ।

सम्बन्धित सामग्री

दोलखाः एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले लिए पुनः अग्रता

काठमाडौं, मंसिर १९ । दोलखामा जारी मतणगना अनुसार नेकपा (एमाले)का उम्मेदवार बालकृष्ण शिवाकोटीले पुनः अग्रता लिएका छन्। पछिल्लो मत परिणाम अनुसार प्रतिनिधि सभाका उम्मेदवार शिवाकोटीले ३३ हजार ९३९ मत पाएका छन भने उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले ३३ हजार ९०९ मत पाएका छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश […]

दोलखामा फेरि माओवादी केन्द्रका उम्मेदवार कार्कीले लिए अग्रता

दोलखामा अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार अहिले फेरि गठबन्धनका तर्फबाट माओवादी केन्द्रका गंगा कार्कीले अग्रता लिएका छन् । वैत्यश्वर गाउँपालिकाका ५ वटा वडाको मतगणना सकिँदा कार्कीले अग्रता लिएका हुन् ।कार्कीले २१ हजार ४१२ मत प्राप्त गर्दा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले २१ हजार १४३ मत प्राप्त गरेका छन् । कार्की र शिवाकोटी बीचको मतअन्तर अहिले २७१ रहेको छ । दोलखामा प्रदेशसभा २ मा एमालेका भरत केसी विजयी भइसकेका छन् । केसीले कांग्रेसका उम्मेदवार बर्मा लामालाई हराएका हुन् ।

दोलखा अपडेट : एमालेका शिवाकोटीले लिए अग्रता

१८ मंसिर, दोलखा । दोलखामा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीलाई पछि पारेका छन् । आज बिहानको मत परिणाम अनुसार सत्ता गठबन्धनका साझा उम्मेदवार कार्की एमालेका शिवाकोटीभन्दा १४ सयभन्दा बढी मत अन्तरले पछि छन् । शिवाकोटीले १६ हजार २१४ मत प्राप्त गर्दा कार्कीले १४ हजार ७१५ मत पाएका […]

रुपन्देही-२ मा एमालेका विष्णु पौडेलले लिए अग्रता

६ मंसिर, बुटवल । रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार विष्णु पौडेलले अग्रता कायम गरेका छन् । मतगणनाको सुरुवातदेखि नै अग्रता लिइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई उनले पछि पारेका छन् । १५ हजार ६२४ मत गणना हुँदा एमालेका पौडेलले ५ हजार ३११ मत ल्याएका छन् भने रास्वपाका पौडेलले ५ हजार १३६ मत […]

तनहुँ १ मा पौडेललाई पछि पार्दै रानाले लिए अग्रता

तनहुँ– तनहुँ क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले अग्रता लिएका छन् । नेपाली कांग्रेसका उम्मेदवार पौडेललाई पछि पार्दै एमालेका उम्मेदवार रानाले १३२ मत अन्तरले पछि पारेका हुन् । रानाले ३ हजार ३४२ र कांग्रेस नेता पौडेलले ३ हजार २१० मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले १ हजार २९० र […]

तुलसीपुरमा एमाले उम्मेदवारले लिए अग्रता

७ जेठ, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीलाई पछि पार्दै नेकपा एमालेका उम्मेदवार टीकाराम खड्काले अग्रता लिएका छन् । ३१ हजार १५८ मत गणना हुँदा एमालेका खड्काले १३ हजार ५४ मत र गठबन्धनका गिरीले १२ हजार ५६७ मत ल्याएका छन् । एमालेका खड्का कांग्रेसका गिरीभन्दा ४८७ मतले अघि छन् । खड्काले […]

कनकाईको मेयरमा कांग्रेसका बागी थापालाई उछिन्दै एमालेका पोखरेलले लिए अग्रता

झापा – झापाको कनकाई नगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार मेयर पदका कांग्रेसका बागी उम्मेदवार शेरबहादुर थापा पछि परेका छन्। नेपाल एमालेका उम्मेदवार तथा निवर्तमान मेयर राजेन्द्र पोखरेलले थापालाई पछि पारेका हुन्। अहिलेसम्मको नतिजा १२३५८ मतगणनामा एमालेका पोखरेलले ७६ मतले थापालाई पछि पारेका हुन्। पोखरेलले ३९४० मत ल्याउदा थापाले ३८६४ मत ल्याएका छन्। कनकाई नगरपालिकाको सुरुङ्गा क्षेत्रको […]

अपडेट : भरतपुर महानगरमा रेनु दाहाल पछि परिन्, विजय सुवेदीले अग्रता लिए

काठमाडौं, १ जेठ । भरतपुर महानगरको मतगणना जारी छ । अहिले एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् । सुवेदी ३ मतले नेकपा (माओवादी केन्द्र) की उम्मेद्धवार रेनु दाहालभन्दा अघि छन् । वडा नम्बर २ को मतगणना जारी रहँदा सुवेदीले २४६८ मत प्राप्त गरेका छन् । उता, दाहालले २४६५ मत पाएका छन् । कांग्रेसबाट विद्रोह […]

काठमाडौंमा बालेन साहले लिए अग्रता

३१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् । काठमाडौंको राष्ट्रियसभा गृहमा भइरहेको मत गणनामा ७५ मत गन्दा बालेनले २२, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १८, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १३ र राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ३ मत पाएका छन् । अहिले काठमाडौं महानगरपालिकाको वडा नं १ र […]