‘झिंगेदाउ’ को ‘आगो बिना बिँडी जल्दैन’ गीतमा केकी  र मुकुनको छमछमी

पुराना निर्देशक ज्ञानेन्द्र देउजाले ७ वर्षपछि निर्देशनमा कमब्याक गरेको फिल्म हो ‘झिंगेदाउ’ । फिल्मको पहिलो गीत ‘आगो बिना बिँडी जल्दैन’ सार्वजनिक गरिएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गीतमा फिल्मका मुख्य ४ कलाकार केकी अधिकारी, मुकुन भुषाल, आँचल शर्मा र कुशल विष्टको नृत्य देख्न सकिन्छ । तामझामका साथ ठूलो संख्यामा कोरस डान्सर प्रयोग गरेर छायांकन भएको गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । मुक्त उदासको शब्द र अर्जुन पोखरेलको संगीत रहेको