होटल तथा पर्यटन व्यवसायलाई उद्योगसरह मान्यताको माग राख्दै ज्ञापनपत्र

होटल तथा पर्यटन व्यवसायीहरूले देशभरका होटल तथा पर्यटन व्यवसायलाई उद्योग सरह मान्यता र सेवा सुविधा उपलब्ध गराउन माग राख्दै आईतबार ज्ञापनपत्र बुझाएका छन।  वीरगन्जमा होटल तथा पर्यटन व्यवसायलाई उद्योग सरह मान्यता...

सम्बन्धित सामग्री

भारतीय सवारीमा रोक लगाउँदा सीमा क्षेत्रका होटल व्यवसाय संकटमा

वीरगन्ज-कोरोना संक्रमण महामारीमा बन्द गरिएको सीमा नाकामा भारतीय सवारी साधानहरुलाई रोक लगाउन नेपालको होटल तथा पर्यटन व्यवसाय धरासायी बन्दै गएको छ ।कोरोना महामारीमा सबैभन्दा बढी पभावित भएको होटल तथा पर्यटन क्षेत्र अझैपनि लयमा फर्किन सकेको छैन । ६० देखि ७० प्रतिशत भारतीय पर्यटकहरुमा निर्भर रहेको सीमाक्षेत्रका होटल तथा पर्यटन व्यावसायीहरु दुई पटको कोरोना लहरमा गरिएको […]

होटल खोल्न अनुमति माग्दै पर्सा प्रशासनमा ज्ञापन

असार ११, वीरगञ्ज  । वीरगञ्जका होटल तथा पर्यटन व्यवसायीले व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग गरेका छन् । होटल तथा पर्यटन व्यावसायी संघ वीरगञ्जले शुक्रवार पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।  कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण व्यवसाय ठप्प हुँदा व्यवसाय थलिएको भन्दै स्वास्थ्य सतर्कताका मापदण्ड पलाना गरेर व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने व्यवसायीहरूले बताएका छन् ।  सरकारले निषेधाज्ञा खुकुलो गर्दै निजी सवारी सञ्चालनमा ल्याइसकेको र हवाई यातायातसमेत खुलाउने तयारी गरेकाले होटल र पर्यटन व्यवसाय बन्द राख्नुको औचित्य नभएको होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तको भनाइ छ ।  गत बैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञायता व्यवसाय थप संकटमा परेको अध्यक्ष पन्तको भनाइ छ । २०७६ चैतदेखि ६ महीनासम्म लगाइएको बन्दबन्दी र निषेधाज्ञा हटाउँदा पनि स्थानीय होटल र पर्यटन व्यवासाय आंशिक रुपमा मात्र खुलेको थियो ।  बन्दाबन्दी र निषेधाज्ञा हटे पनि सिमा नाकाबाट सवारी आवागमन नखोल्दा सीमावर्ती क्षेत्रको होटल तथा पर्यटन व्यवासाय चल्न सकेको थिएन । यसबाट व्यवसाय थप मारमा परेको गुनासो उनीहरूको छ ।  यसपटक जिल्ला कोभिड व्यवस्थापन केन्द्रले असार तीन गतेदेखि अन्य क्षेत्र खुकुलो पारेको अवस्थामा होटल र पर्यटन व्यवसाय खोल्ने अनुमति नदिएको गुनासो पन्तले गरे । ‘कोरोनाको दोस्रो लहरमा व्यवसाय झन् संकटमा परेको छ । होटल ऋणको ब्याज, किस्ता, घर भाडासमेत तिर्न नसक्ने अवस्था पुगेका छन्,’ उनले सञ्चारकर्मीहरूसित भने ।

होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्न वीरगञ्‍जका व्यवसायीको माग

११ असार, वीरगञ्ज । वीरगञ्जका व्यवसायीले होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले आवश्यक स्वास्थ्य प्रोटोकल पुरा गरि होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्ने बातावरण बनाई दिन आग्रह गर्दै होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्त र महासचिव माधव बस्नेतले प्रमुख जिल्ला अधिकारी पिताम्बर […]

कोरोना महामारीको मारमा वीरगञ्जका होटल र पर्यटन व्यवसाय

असार ७, वीरगञ्ज । वीरगञ्जका होटल तथा पर्यटन व्यावसायीले कर तथा शुल्क मिनाहाको माग गरेका छन् ।  कोरोना महामारी नियन्त्रणका लागि पटकपटक लगाइएको बन्दाबन्दी र निषेधाज्ञाका कारण व्यवसाय धराशयी हुने अवस्थामा पुगेको भन्दै होटल तथा पर्यटन व्यावसायी संघ वीरगञ्जले वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीलाई ज्ञापनपत्र बुझाएको हो ।  व्यावसायीले होटल, पार्टी प्यालेस र पर्यटन व्यवसायको सम्पत्ति कर, घरवाहल कर र व्यवसाय कर मिनाह गर्न महानगरपालिकाको ध्यानाकर्षण गराएका छन् । व्यावसायीले सरसफाई शुल्कसमेत मिनाह हुनुपर्ने बताएका छन् ।  भारतीय सिमानासित जोडिको वीरगञ्ज र आसपासका क्षेत्रका होटल र पर्यटकीय क्षेत्र कोरोना महामारी शुरु भएदेखि नै संकटमा परेको संघका अध्यक्ष हरि पन्तले बताए । २०७६ चैत ११ देखि लगाइएको बन्दाबन्दी र निषेधाज्ञा ६ महीनामा खुले पनि सिमानाबाट आवागमन सहज नहुँदा व्यवसाय तंग्रिन नसकेको र पुनः गतवैशाखदेखि लगाइएको निषेधाज्ञाले मारमा परेको पन्तको भनाइ छ ।  विगतमा बन्दान्दी खुले पनि सरकारले लामो समयसम्म सिमाबाट सवारी आवागमनमा रोक कायमै राखेको थियो । कोरोना महामारीका कारण उत्पन्न संकटले ऋणको ब्याज, किस्ता र भाडामा रहेका होटलहरुले घरभाडासमेत तिर्न नसक्ने अवस्थामा पुगेको व्यावसयीको गुनासो छ । होटल तथा पर्यटन क्षेत्रमा कार्यरत सञ्चालक र कर्मचारीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन पनि संघले माग गरेको अध्यक्ष पन्तले बताए ।  संघको ज्ञापनपत्र बुझ्दै प्रमुख सरावगीले कोरोना महामारीका कारण होटल तथा पर्यटन क्षेत्रले भोगेको समस्याप्रति आफू सम्वेदनशील रहेको बताए । व्यावसायीमा माग यथासक्य सम्बोधन गर्ने आश्वासन पनि उनले दिए ।

वीरगञ्जमा पर्यटन व्यवसाय उत्थान केन्द्रित बजेट ल्याउन माग

६ असार, वीरगञ्ज । वीरगञ्जका व्यवसायीले कोरोना महामारीले थलिएका होटल तथा पर्यटन व्यवसाय उत्थान केन्द्रित बजेट ल्याउन महानगरपालिकासँग आग्रह गरेका छन् । होटल तथा पर्यटन व्यवसायीहरुले महानगर प्रमुख विजयकुमार सरावगीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले होटल व्यवसायी र …

सीमा बन्द हुँदा तंग्रिएन पर्यटन : व्यवसायी

कोरोना संक्रमणको महामारीबाट प्रभावित देशको होटल तथा पर्यटन व्यवसाय पुनः तंग्रिन सक्ने सम्भावना प्रचूर भए पनि सीमासम्बन्धी सरकारको नीतिका कारण यसमा बाधा परेको होटल व्यवसायीको ठहर छ।

नाका सञ्चालन माग गर्दै बेलहियामा धर्ना

५ फागुन, बुटवल । भारतसंग जोडिएका सीमा नाकाहरु सञ्चालन गर्न माग गर्दै होटल र पर्यटन व्यवसायीले बेलहिया नाकामा धर्ना दिएका छन् । लामो समय सीमा नाका बन्द हुँदा होटल र पर्यटन व्यवसाय संकटमा परेकाले तत्काल सञ्चालन गर्न माग गर्दै व्यवसायीहरु धर्ना बसेका हुन् । कोरोना महामारीका कारण सीमा नाकाहरु एक वर्षदेखि बन्द छन् । सरकारलाई […]

कोरोनाले पर्यटन व्यवसायबाटै हात धुनु पर्ने अवस्था आयोः व्यवसायी

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले होटल तथा पर्यटन व्यवसाय सबैभन्दा बढी मार परेको व्यवसायीले बताएका छन्।

रसुवाका होटल तथा पर्यटन व्यवसायीलाई मासिक ६ करोड ७८ लाख घाटा

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) कारण होटल तथा पर्यटन व्यवसाय पूर्ण रूपमा ठप्प भएको छ । अन्य व्यवसाय जसोतसो चलिरहेको भए पनि होटल तथा पर्यटन व्यवसाय गएको चैत महिनादेखि नै बन्द छ ।