३० अङ्कले घट्यो नेप्से , ८ अर्ब माथिको शेयर कारोबार

काठमाडौँ । केही दिन यता लगातार बढिरहेको नेप्से परिसूचक आज (बुधबार) भने घटेको छ । बुधबार नेप्से परिसूचक ३० दशमलव ५१ अङ्कले घटेर १८ सय ३ दशमलव ३२ अङ्कमा झरेको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने उच्च देखिएको छ । बुधबार शेयर कारोबार रकम ८ अर्ब माथि पुगेको छ । १ करोड […]

सम्बन्धित सामग्री

यो साता १५१.३६ अंकले घट्यो नेप्से परिसूचक, लगानीकर्ताले २ खर्बभन्दा बढी गुमाए

माघ १५, काठमाडौं। यो साता धितोपत्र दोस्रो बजारका सबै सूचकहरु नकारात्मक देखिएका छन् । गत साताको तुलनामा यो साता नेप्से परिसूचकसँगै समग्र समूहगत परिसूचकमा पनि कमि आएको हो । गत साताको भन्दा यो साता नेप्से परिसूचक १५१ दशमलव ३६ अंक तल झरेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ९३१ दशमलव ३४ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २ हजार ७७९ दशमलव ९८ विन्दुमा झरेको हो । यो साता पाँच कारोबार दिनमा अन्तिम दिन मात्र बजार ३ दशमलव ३३ अंकले बढेको छ । पहिलो दिनदेखि चौथो दिनसम्म बजार निरन्तर घटेको थियो । पहिलो दिन १० दशमलव ८३ अंक, दोस्रो दिन ९९ दशमलव ८६ अंक, तेस्रो दिन ५ दशमलव ५९ अंक र चौथो दिन ३८ दशमलव ४२ अंक बजार घटेको हो । पछिल्लो समय करीब दुई महीनामा बजार ६७१ अंकभन्दा माथि पुगेको थियो । यो बीचमा नाफा कमाएकाहरुले नाफा बुक गर्दा पछिल्लो समय बजार प्रभावित बनिरहेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य पूँजीको अभावका कारण पनि पूँजीबजारमा लगानी घटेको हो । यो साता नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि २५ दशमलव शून्य २ अंकले घटेको छ । गत साता ५४३ दशमलव ७४ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५१८ दशमलव ७२ विन्दुमा झरेको हो । गत साता रू. ३७ अर्ब ८१ करोड ६० लाख ५९ हजार बराबरको ७ करोड ६५ लाख ६० हजार ६२७ कित्ता शेयर कारोबार भएकोमा यो साता रू. २८ अर्ब ९७ करोड १२ लाख ६१ हजार बराबरको ५ करोड ७५ लाख ८६ हजार ६९२ कित्ता मात्र शेयर कारोबार भएको छ । गत साताभन्दा यो साता रू. ८ अर्ब ८४ करोड ४७ लाख ९७ हजार बराबरको १ करोड ८९ लाख ७३ हजार ९३५ कित्ता कम शेयर कारोबार भएको हो । चार कारोबार दिन घटेको बजारबाट यो साता लगानीकर्ताहरुले रू. २ खर्ब १३ अर्ब ८९ करोड ६६ लाख बराबरको सम्पत्ति गुमाएका छन् । गत साता रू. ४१ खर्ब ४२ अर्ब ५३ करोड रहेको कुल बजार पूँजीकरण यो साता रू. ३९ खर्ब २८ अर्ब ६३ करोड ४२ लाखमा झरेको हो । यो साता विकास बैंक र वित्त समूहका लगानीकर्ताले सर्वाधिक गुमाए यो साता कारोबारमा आएका सबै समूहगत परिसूचकहरु गत साताको तुलनामा घटेका छन् । १३ समूहमध्य यो साता विकास बैंक र वित्त समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका हुन । यो साता वित्त समूहको ८ दशमलव ८५ प्रतिशत, विकास बैंकको ८ दशमलव ११ प्रतिशत परिसूचक घटेको हो । त्यस्तै जलविद्युत समूहको ७ दशमलव ३० प्रतिशत , लगानी समूहको ६ दशमलव ४७ प्रतिशत, व्यापारिक समूहको ६ दशमलव ३१ प्रतिशत, होटल्स तथा पर्यटन समूहको ५ दशमलव ७२ प्रतिशत , बैंकिङ्ग समूहको ५ दशमलव ३२ प्रतिशत, लघुवित्त समूहको ४ दशमलव ७७ प्रतिशत परिसूचक घटेको छ ।  यस्तै निर्जीवन बीमाको ३ दशमलव ७६ प्रतिशत, उत्पादन तथा प्रशोधनको ३ दशमलव ५५ प्रतिशत, म्युचुअल फण्डको ३ दशमलव ४३ प्रतिशत, जीवन बीमा समूहको ३ दशमलव २८ प्रतिशत र अन्य समूहको २ दशमलव ५० प्रतिशत परिसूचक घटेको छ ।