स्वास्थ्यचौकी छ, सेवा छैन

बागलुङ – स्वास्थ्यचौकीको प्राङ्गण चिरा–चिरा परेको छ । स्वास्थ्यचौकीको प्रवेशद्वारा अघि तितेपाती झार उम्रेको छ । छतमा गरेको प्लास्टर उप्किएको छ भने केही विद्युतीय संरचना तोडफोडसमेत गरिएको छ । यो दृश्य बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–२ भिमापोखरा स्वास्थ्यचौकीको नवनिर्मित भवनको हो । समयमै स्वास्थ्यचौकीको भवन सम्पन्न नहुँदा साँघुरो भवनबाट जनतालाई स्वास्थ्य सेवा दिन बाध्य भएको छ […]