कामना सेवा विकास बैंक र सिद्धार्थ बिज्नेस ग्रुप अफ हस्पिटालिटी बीच सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका कर्मचारी तथा ग्राहकले सिद्धार्थ बिज्नेस ग्रुप अन्तर्गतका देशभर फैलिएका विभिन्न होटल, रिसोर्ट , रेस्टुरेन्ट तथा क्याफेहरुमा प्रदान गरिने सेवामा छुट हुनेछ । बैंकको ग्राहक भएको कुनै पनि प्रमाण पेश गरी यो सुबिधा सजिलै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।