सनाखतका लागि माधव नेपाल र महन्थ ठाकुर पक्ष निर्वाचन आयोगमा

नयाँ दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरू हस्ताक्षर सनाखतका लागि आज निर्वाचन आयोगमा पुग्दैछन् । सनाखतका लागि आयोगले बिहान ११ देखि २ बजेसम्मको समय दिएको छ । नेकपा एमालेबाट विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी र जसपाबाट विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी गठन भएका थिए । माधव नेपाल अध्यक्ष रहेको नेकपा समाजवादी र महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टीले भदौ २ गते दल दर्ताका लागि निवेदन दिएका थिए ।  सनाखतका लागि दुवै पक्षका न...