काठमाडौं– नेपाल प्रहरीले तत्कालीन राजा ज्ञानेन्द्र शाहको राजकाज जोगाउन खरिद भएको अश्रुग्यास राजावादीमाथि नै प्रहार गरेको भेट्टिएको छ । राजसंस्था पुनस्थापनाका लागि शुक्रबार काठमाडौंमा भएको प्रदर्शन अराजक बनेपछि नियन्त्रणमा लिनका लागि प्रहरीले प्रयोग गरेको अश्रुग्यास ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासनकालमा खरिद गरेको पाइएको छ । प्रहरीले तीनकुनेमा हिंसात्मक बनेको राजावादीको प्रदर्शन नियन्त्रणमा लिन सन् २००८ […]
काठमाडौं– समाजवादी मोर्चा नेपालले तीनकुनेसहित आसपासका क्षेत्रमा भएका आपराधिक क्रियाकलापमा संलग्नलाई कानुनी दायरमा ल्याएर कारबाही गर्न माग गरेको छ । प्रदर्शनीमार्गमा शुक्रबार आयोजना भएको जनसभापछि विज्ञप्ति जारी गरेर मोर्चाले आपराधिक र आततायी तत्त्वलाई यथाशीघ्र कानुनी दायरामा ल्याएर कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेको हो । राजावादी समूहले शुक्रबार तीनकुने क्षेत्रमा गरेको उच्छृङ्खल र अराजक […]
जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुने क्षेत्र आसपासमा कर्फ्यू आदेश जारी गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आज अपरान्ह् ४ः२५ देखि राति १० बजेसम्म कर्फ्यू जारी गरेका हुन् । जिल्ला प्रशासन कार्यालयका अनुसार बानेश्वर–तीनकुने क्षेत्र, गौशाला–विमानस्थल–गैरीधारा–तीनकुनेहुँदै कोटेश्वरसम्म, कोटेश्वरदेखि जडीबुटी पुलसम्म, कोटेश्वरदेखि बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शङ्खमुल पुलसम्म कुनैपनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, […]
तुलसीपुर– तुलसीपुरबाट भारतमा तीर्थयात्राका लागि गएको स्कारपिओ दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको सनाखत भएको छ । दुर्घटनामा तुलसीपुर–७ श्रीगैँ निवासी ८५ वर्षीय जयबहादुर वली र ८३ वर्षीया धनमाया वली, तुलसीपुर–४ गोठीखोला निवासी ७५ वर्षीय परवीर खत्री र गाडी चालक तुलसीपुर–७ पर्सेनी निवासी ३७ वर्षीय युवराज चापागाईँको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य […]
काठमाडौँ – गृह मन्त्रालयले शुक्रबार तीनकुनेमा भएको घटनाको जिम्मेवारी नेतृत्व कर्ताले लिनुपर्ने जनाएको छ। घटनापछि केहीबेर अघि गृहले पत्रकार सम्मेलन गर्दै