आइजिपी नियुक्ति विवादमा मुद्दाको सूचना नहुँदै सुनुवाइमा पुग्यो सरकारी पक्ष

काठमाडौँ । प्रहरी महानिरीक्षक नियुक्ति विवादमा रिट निवेदनको औपचारिक जानकारी नहुँदै महान्यायाधिवक्ता कार्यालयले प्रतिरक्षा गर्ने भएको छ । बुधबार उक्त मुद्दामा प्रारम्भिक सुनुवाइकै क्रममा महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित केही सरकारी वकिलले ‘छलफलमा सरिक हुन पाउँ’ भनी इजलासमा निवेदन दिएका हुन् । सामान्यतया: कानुनी उपचारका लागि अदालत जाने पक्षले सुरुमा आफ्नो मात्रै भनाइ राख्ने चलन हुन्छ । […]