काठमाडौँ । नेपाली कांग्रेसका नेता मनहरि श्रेष्ठले जारी १५औँ महाधिवेशनमा आदिवासी जनजाति कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै धनुषाका नेता श्रेष्ठले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्। धनुषाको सबैलाका बासिन्दा श्रेष्ठले कांग्रेस कमजोर नभई पार्टीभित्रको संगठनात्मक ऊर्जा सुस्त भएको टिप्पणी गरे। “कांग्रेससँग विचार र लोकतान्त्रिक इतिहासको […]
चाडपर्वलाई लक्षित गर्दै भाटभटेनी सुपरमार्केट र नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकका लागि विशेष योजना सार्वजनिक गरेका छन् ।
काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकपछि मन्त्रिपरिषद्का मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् । उनका अनुसार, आजको बैठकले मुख्य ५ वटा निर्णयहरू गरेको हो । यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू– – नगरपालिकाहरूमा स्वच्छ ऊर्जा, रुपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड नेपाली […]
काठमाडौं– माइतीघर–नयाँ बानेश्वर सडकखण्डअन्तर्गत बबरमहलमा पैदलयात्रीका लागि आकाशे पुल बनाइँदै छ । वारपार गर्न दुवै भागमा पुल जडान भइसकेको छ । दुवैतर्फ उक्लन–ओर्लन भर्याङ राखेपछि पुल आवतजावतका लागि खुला हुनेछ । हालको पूर्वाधार विकास मन्त्रालयको २ करोड ५० लाख रुपैयाँ लगानीमा यो पुल निर्माण भइरहेको हो । तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी