वागमती प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

हेटौंडा । वागमती प्रदेशमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीले आज (मंगलबार) प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री राजेन्द्र पाण्डेको सिफारिसमा मंगलबार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी दलका सांसदहरुलाई मन्त्री र राज्यमन्त्रीमा नियुक्त भएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार माओवादी केन्द्रका घनश्याम दाहाल श्रम, रोजगार तथा यातायात […]

सम्बन्धित सामग्री

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत - कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् ।  रणसिंह नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् । बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले उनलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो । सोही...

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत - कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् ।  रणसिंह नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् । बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले उनलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो । सोही...

बागमतीमा विना विभागीयमन्त्री आलेले लिइन् शपथ

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की प्रदेशसभा सदस्य रमा आलेमगरलाई बिनाविभागीय मन्त्री नियुक्त गरेका हुन् । बागमती प्रदेशका प्रमुख शर्माले नवनियुक्त मन्त्री आलेमगरलाई आजै पद तथा गोपनीयताको शपथ गराएका छन् । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री जम्कट्टेल, सभामुख भुवनकुमार […]

बागमतीका संस्कृति, पर्यटनमन्त्री बज्रचार्यले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं, १५ चैत । बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्रचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त मन्त्री बज्रचार्यलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको सपथ गराएका हुन् । मन्त्री बज्रचार्यले नेपाल भाषामा शपथ लिएका छन् । हाम्रो नेपाली पार्टी (हानेपा) सरकारमा सहभागी भएसँग सत्तारुढ गठबन्धन दलसँग बहुमत पुगेको छ […]

कोशीका नवनियुक्त मन्त्री अधिकारी र राजभण्डारीले लिए शपथ

प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीद्वय लिलाबल्लभ अधिकारी र बुद्धिकुमार राजभण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

कोशी प्रदेश सरकारको स्वास्थ्यमन्त्रीमा लिम्बू नियुक्त

कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रीमा निर्मला लिम्बु नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले सरकारको सिफारिसमा लिम्बूलाई स्वास्थ्य मन्त्रीमा नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्री लिम्बुले शुक्रबारै नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्यमन्त्री थापाले यही साउन १७ गते तीन जना मन्त्री नियुक्त गर्नुभएको थियो …

कर्णाली प्रदेशका नवनियुक्त मन्त्री शाह र कामीले लिए शपथ

सोमबार प्रदेश प्रमुख तिलक परियारले आर्थिक मामिला तथा योजना मन्त्री कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकास मन्त्री रातो कामीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

कर्णालीमा चन्द्रबहादुर शाहीले लिए मन्त्रीको शपथ, फेरियो मन्त्रालय

कर्णालीको  आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएको भनिएपनि अन्तिम समयमा आएर एकीकृत समाजवादी दलका नेता चन्द्रबहादुर शाहीले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको शपथ लिएका छन् ।उनलाई मंगलबार साँझ प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका  हुन्  ।यसअघि मुख्यमन्त्री जीवनबहादुर शाहीको सचिवालयले शाहीलाई कानुन मन्त्रीमै नियुक्त गरिएको दाबी गरेको थियो । तर, नवनियुक्त मन्त्री शाहीले आफूलाई कृषि मन्त्री ‘कम्फर्टेबल’ लागेको भन्दै ‘बार्गेनिङ&

गण्डकीका नवनियुक्त मन्त्री दोबाटेले लिए शपथ

गण्डकी प्रदेशका नवनियुक्त मन्त्री डोबाटे विश्वकर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमवार साँझ विश्वकर्माले प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट विना विभागीय मन्त्रीको शपथ लिएका हुन् । यसअघि मन्त्रिपरिषद् विस्तार हुँदा मन्त्रीबाट नाम काटिएका विश्वकर्माले आईतबार पोखरा पुगेका पार्टी सभापति शेरबहादुर देउवासँग कुरा गरेपछि मन्त्रीको नियुक्ति पाएका छन् । देउवाको निर्देशनपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वकर्मालाई सोमबार मन्त्री नियुक्त गरेका हुन् ।

गण्डकीका मन्त्री डोवाटेले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त मन्त्री डोवाटे विश्वकर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार बिहान मात्रै विना विभागीय मन्त्रीमा नियुक्त भएका विश्वकर्माले साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट शपथ लिएका हुन् ।