जापानको टोकियोमा जारी पारा ओलम्पिक खेलकुदमा मलेसियाका एक खेलाडीले जितेको स्वर्ण पदक खोसिएको छ, खेल्न ढिला आएको भन्दै। अन्तर्राष्ट्रिय पारा ओलम्पिक कमिटी-आईपिसीले उक्त निर्णयको बचाउ गरेको छ। सटपुट खेलाडी मोहम्मद जियाद जोल्केफ्लीले स्वर्ण जितेका थिए तर पछि खेल खेल्न ढिला आईपुगेको भन्दै अयोग्य घोषित गरिएको थियो। ढिला आइपुगेपनि जोल्केफ्लीलाई खेल्न दिइएको थियो। आईपिसीले त्यतिबेला जोल्केफ्लीले […]