प्रभावकारी बन्दै ‘एक रुपैयाँ बचत’ अभियान

इलाम । जिल्लाको रोङ गाउँपालिका–३ का पाँच वर्षीय आरभ अर्यालले हजुरबुवाले टीका लगाएर दिएको रु ५० आफ्नो खातामा राख्न दिए । गाउँपालिकाले ‘अध्यक्षसँग विद्यार्थी’ कार्यक्रमअन्तर्गत ‘एक रुपैयाँ बचत’ कार्यक्रम प्रारम्भ गरेपछि उनले टीका लगाएको रकम खातामा जम्मा गर्न लगाएका हुन् ।   रोङका विद्यार्थीले महीनामा रु पाँच हजारसम्म बचत गर्न थालेका छन् । अर्यालको खातामा पनि एक महीनाको अवधिमा रु चार हजार आठ सय जम्मा भएको छ । उनकी आमा सम्झनाले भनिन्, ‘चकलेट खाने उमेरमा पैसा बैंकमा राख्छु भन्ने मानसिकता पालिकाले नै बनाइदिएको हो ।’  विद्यार्थीको नाममा प्राइम कमर्सियल बैंकमा पालिकाले नै खाता खोलिदिएको अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिए । उनका अनुसार ‘बैंकले पनि प्रत्येक विद्यार्थीको खातामा रु एक सय जम्मा गरिदिने सम्झौता भएको छ । यसबाट पालिकाका करीब दुई हजार पाँच सय विद्यार्थी लाभान्वित हुने पालिकाले जनाएको छ । मङ्सिरमा एउटा विद्यार्थीको खातामा रु पाँच हजार जम्मा भएको अध्यक्ष स्याङ्बोले बताए । हरेक वर्ष वित्तीय साक्षरता र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले पालिकासँग सम्झौता गरेको हो । विद्यार्थीको बैंक खाता विद्यालयमै खोलिने अध्यक्ष स्याङ्बोले बताए । ‘अध्यक्षसँग विद्यार्थी, विद्यालयमा आधारित उद्यमशीलताका लागि १४ सर्तमा बैंकसँग सम्झौता भएको छ,’ अध्यक्ष स्याङ्बोले भने, ‘कार्यक्रमका लागि कार्यविधि पारित भएको छ ।’  आर्थिक अभावले बालबालिकाले पढाइ छाड्न नपरोस् भन्ने उद्देश्यले थालिएको उक्त कार्यक्रमलाई अभिभावकको साथ छ । ‘हाम्रो पुस्ताले भोगेका समस्या आउँदो पुस्ताले भोग्न नपरोस् भन्ने उद्देश्य हो,’ गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया भुजेलले भने, ‘भोलिका लागि आजैदेखि लगानी गर्नुपर्छ भनेर यो अवधारणा ल्याइएको हो । अहिले कार्यविधिका लागि निर्देशक समिति र प्रत्येक विद्यालयमा कार्यान्वयन समिति गठन गरिएको छ ।’  ‘अभिभावकसँग भेटघाट तीव्र पारेका छौं, बैंकमा खाता खोल्ने क्रम पनि जारी छ,’ उनले भने, ‘यो महिनाको हालसम्ममा यस कार्यक्रमअन्तर्गत न्यूनतम् रु ५० देखि रु पाँच हजारसम्म जम्मा भएको छ ।’  यसरी बचत गर्दै जाँदा विद्यार्थीलाई उच्च शिक्षा आर्जनका लागि सहज हुने पालिकाले जनाएको छ । बचत कार्यक्रमको विवरण व्यवस्थापनका लागि सफ्टवेयर तयार गरिएको र यो काम हेर्ने शिक्षकलाई तालिमको व्यवस्था गर्न लागिएको छ । रासस

सम्बन्धित सामग्री

नेपाली मुद्रा लगातार कमजोर बन्दै, अर्थतन्त्रमा कस्तो प्रभाव पर्छ ?

६ मंसिर काठमाडौं । अमेरीकी डलरको मूल्य नयाँ उचाइमा पुगेको छ । नेपाली र भारतीय मुद्राको स्थिर विनियम दर र भारतीय मुद्रा डलरसँग लगातार कमजोर बन्दै जाँदा नेपाली रुपैयाँ पनि कमजोर बन्दै गएको हो । बुधबार १ अमेरीकी डलरको बिक्री मूल्यमा १३३ रुपैयाँ ६८ पैसा पुगेको छ । मंगलबार १३३ रुपैयाँ ६५ पैसामा कारोबार भएकोमा […]

आयात खुलेपछि फेरि कमजोर बन्दै नेपाली मुद्रा

काठमाडौं । नेपाली मुद्रा फेरि कमजोर बन्दै गएको छ । मंगलबार अमेरिकी डलरको भाउ १३२ रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि अमेरिकी डलरको बिक्रीदर मूल्य १३२‍.३६ रुपैयाँ तथा खरिद दर १३१.७६ रुपैयाँ तोकेको छ । कात्तिकको पहिलो साता १३३ रुपैयाँसम्म पुगेर निरन्तर तलमाथि हुँदै आएको डलरको भाउ पछिल्लो समय निरन्तरजसो उकालो लागिरहेको […] The post आयात खुलेपछि फेरि कमजोर बन्दै नेपाली मुद्रा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आकाशिंदै डलरको मूल्य, बिक्रीदर १३३ रुपैयाँ नाघ्यो

३ कात्तिक, काठमाडौं । नेपाली मुद्रा थप कमजोर बन्दै गएको छ । करिब एक महिना अगाडि अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ -फेड) ले ब्याजदर बढाएसँगै बढ्न लागेको डलरको मूल्यले नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको हो । ३ कात्तिक बिहीबारको लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमय दर अनुसार १ अमेरीकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ […]

९ लाख नक्कली रुपैयाँ सहित ३ कारोबारी पक्राउ

मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेश सभा निर्वाचनमा खर्च गर्न नक्कली रुपैयाँ प्रयोग गर्ने उदेश्यले नक्कली रुपैयाँ कारोबारीहरु सक्रिय बन्दै गएका छन्।...

अमेरिकी डलर अहिलेसम्मकै उच्च १३० रुपैयाँ ९० पैसा पुग्यो : नेपाली रुपैयाँ कमजोर

काठमाण्डाै – अमेरिकी डलरको भाउ अहिलेसम्कै उच्च १३० रुपैयाँ ९० पैसा बिक्रीदर पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमय दर १३० रुपैयाँ ९० पैसा तोकेको छ । गएको शनिबार डलरको भाउ १२९ रुपैयाँ ८९ पैसा पुगेको थियो । अमेरिकी डलरको भाउ निरन्तर उकालो लागेपछि नेपाली मुद्रा कमजोर बन्दै गएको छ । पछिल्ला दिनहरूमा विश्व बजारमा डलरको माग बढिरहेकाले त्यसको भाउ बढेको हो । डलरको भाउ बढेपछि भारु हुँदै नेपाली मुद्रामा असर पार्छ  । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै नेपा...

नेपाली रुपैयाँ बलियो बन्दै

गत आर्थिक वर्षको अन्तिम महिनासँग तुलना गर्दा चालु आर्थिक वर्षको पहिलो महिना डलरसँग नेपाली रुपैयाँ केही बलियो हुन पुगेको देखिएको छ । २०७९ असार मसान्तको तुलनामा २०७९ साउन मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.३ प्रतिशतले अधिमूल्यन भएको हो । यस्तो स्थिति अघिल्लो वर्षको सोही अवधिमा डलरसँग नेपाली रुपैयाँ ०.५ प्रतिशतले अधिमूल्यन भएको थियो ।  २०७९ साउन मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १२७ रुपैयाँ १६ पैसा पुगेको छ । २०७९ असार मसान्तमा यस्तो विनिमय दर १२७ रुपैयाँ ५१ पैसा रहेको थियो ।

निरन्तर कमजोर बन्दै नेपाली मुद्रा, डलर एक वर्षमै ८ रुपैयाँ महँगियो

अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा निरन्तर कमजोर बन्दै गएको छ । पछिल्लो एक वर्षको तथ्यांकअनुसार नेपाली मुद्रा डलरको तुलनामा निरन्तर कमजोर बन्दै गइरहेको हो । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार नेपाली मुद्राको तुलनामा एक वर्षमै डलर ८.०७ रुपैयाँ महँगिएको छ ।गत वर्ष २०७८ को असार महिनामा एक अमेरिकी डलरको सटही दर ११९.०४ रुपैयाँ थियो । जुन, त्यसयता आजसम्मको अवधिमा निरन्तर बलियो बन्दै १२७.११ रुपैयाँ पुगेको छ । यसले एक वर्षमै डलर ८.०७ रुपैयाँले बलियो बनेको देखाउँछ ।खासगरी, यतिबेला विश्व बजारमा

निरन्तर बलियो बन्दै डलरः कस्तो असर पर्ला नेपालको अर्थतन्त्रमा ?

पछिल्लो समय विश्व अर्थतन्त्रमा अमेरिकी डलर बलियो बन्दै जाँदा नेपालको अर्थतन्त्र प्रभावित बन्ने भएको छ । सन् २०२० को तुलनामा अहिलेसम्म ११ रुपैयाँभन्दा बढीले महँगीको डलरबाट नेपाल जस्तो सानो र विकासशील राष्ट्रको अर्थतन्त्र प्रत्यक्ष प्रभावित बन्ने भएको हो ।सन् २०२० को जनवरीमा एक अमेरिकी डलरको सटही दर ११३.७६ रुपैयाँ थियो । जुन, अहिले सन् २०२२ को जुन महिनासम्म आइपुग्दा ११.०८ रुपैयाँ बढेर १२४.८४ रुपैयाँ पुगेको छ । यसले पछिल्लो समय नेपाली मुद्राको तुलनामा अमेरिकी डलर निरन्तर बलियो बन्दै गइरहेको तथ्याङ्

कमजोर बन्दै नेपाली रुपैयाँ

२०७८ असार मसान्तको तुलनामा २०७८ असोज मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.९ प्रतिशतले अवमूल्यन भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तमा एक अमेरिकी डलर बराबर ११९ रुपैयाँ ०४ पैसा रहेकोमा समीक्षा अवधिमा अर्थात् २०७८ असोज मसान्तसम्म यस्तो विनिमयदर बढेर १२० रुपैयाँ १२ पैसा पुगेको बैंकले जनाएको हो । यद्यपि, अघिल्लो वर्षको सोही अवधिमा यस्तो विनिमयदर अमेरिकी डलरसँग नेपाली रुपैयाँ अधिकतम २.८ प्रतिशतले अधिमूल्यन भएको थियो ।

कमजोर बन्दै डलर, बलियो बन्दै नेपाली रुपैयाँ

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.५ प्रतिशतले अधिमूल्यन भएको बैंकले जनाएको हो । बिहीबार चालू आर्थिक वर्षको पहिलो महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले यस्तो बताएको हो । त्यसो त यस्तो अघिल्लो वर्षको सोही अवधिमा यस्तो अधिमूल्य डलरको तुलनामा नेपाली रुपैयाँ अधिकतम ०.७ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ ।  २०७८ साउन मसान्तमा अमेरिकी डलर एकक