रौतहट : प्रहरीले विभिन्न मुद्दामा फरार रहेका तीन अभियुक्तलाई पक्राउ गरी अदालतमा पेश गरेको छ। ज्यान मार्ने उद्योग मुद्दामा दुई र लागुऔषधको मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले सोमबार पक्राउ गरेको हो।माधवनारायण नगरपालिका–५ कटहरियाटोल स्थितमा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका ७६ वर्षीय बैजनाथ सहनीलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका सहनीलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला अदालत गौरमा बुझाइएको रौतहट प्रहरीले जनाएको छ।