चितुवाले एकैरातमा २२ वटा खसी-बाख्रा मार्यो, किसान मर्माहत

बर्दिया : बर्दियामा आइतबार राति चितुवाले २२ वटा खसीबाख्रा मारेको छ। गुलरिया नगरपालिका–५ सन्तोषी टोलका चन्द्रकान्त पौडेलको बाख्रा फर्ममा छिरेर चितुवाले खसीबाख्रा मारेको हो। पौडेलले सञ्‍चालन गरेको वृष पशुपक्षी तथा बाख्रा पालन फर्ममा राति चितुवा पसेर खसी तथा बाख्रा मारेको छ।नजिकै रहेको सामुदायिक वनबाट चितुवा आएको हुनसक्ने स्थानीयले बताएका छन्। सामुदायिक वनमा रहेका चितुवा पटक-पटक सन्तोषी टोलमा पस्ने गरेको स्थानीयको भनाइ छ।चितुवा खोरमा कसरी पस्यो र भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी

सम्बन्धित सामग्री

वामपन्थी नेता वर्माको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा शोक व्यक्त

काठमाडौं, २३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले वामपन्थी नेता कृष्णराज वर्माको निधनबाट आफू मर्माहत भएको बताउँदै दिवङ्गत नेताप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै उनले शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् । “वरिष्ठ वामपन्थी नेता एवं किसान आन्दोलनका अगुवा कृष्णराज वर्माको निधनको खबरले म दुःखी भएको छु । दिवङ्गत नेता वर्माप्रति हार्दिक श्रद्धाञ्जली […]

२१ मध्ये १७ सांसद नआएपछि बैठक नै बसेन, ५० मिनेट कुरेर फर्किए कृषिमन्त्री

काठमाडौं । कात्तिक पहिलो साता आएको वर्षा र बाढीका कारण धानबालीमा क्षति व्यहोरेका किसान मर्माहत अवस्थामा छन् । तीन दिनको बेमौसमी वर्षाले किसानको ११ अर्ब ८७ करोड मूल्यबराबरको बालीमा क्षति पुगेको सरकारकै तथ्यांक छ । तर, किसान र कृषिका मुद्दामा सरोकार राख्ने र सरकारलाई निर्देशन दिने जिम्मेवारी पाएको संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमै रहेका सांसद […]

बाढीले किसान मर्माहत

शिवशङ्कर मिश्र बारा, भदौ ८ गते । एक साताअघि तराईमा आएको बाढीले किसानलाई मर्महात बनाएको छ । अविरल वर्षापछि आएको बाढीको पानीले खेतमा पस्दा...