चेम्बर अफ कमर्स र लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले विद्यार्थीलाई छात्रवृत्ति दिने

नेपाल चेम्बर अफ कमर्स र लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले स्नातक तह बीबीएम इ बिजनेस विषयमा अध्ययनरत ४९ जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । प्रत्येक प्रदेशमा बीबीएम इ–बिजनेश पढ्न चाहने एकजना छात्रालाई पूर्ण निःशुल्क, १४ जना विद्यार्थीलाई ट्युसन फीमा शतप्रतिशत र बाँकी २८ जनालाई ५० प्रतिशत छुट दिनेगरी फाउण्डेशन र चेम्बरबीच समझदारीपत्रमा हस्ताक्षर (एमओयु) भएको हो ।समझदारी पत्रमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल र फाउण्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गरेका छन् । चेम्बरसँगको सहकार्यमा फ

सम्बन्धित सामग्री

क्यानडा र हङकङको चेम्बरसंग लुम्बिनी चेम्बरको सहकार्य

२१ पुस, बुटवल । लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सले र हङकङस्थित नेपाल हङकङ चेम्बर अफ कमर्स, क्यानडाको हिन्दू चेम्बर अफ कमर्स तथा नेपाल—क्यानडा चेम्बर अफ कमर्सका बीच आपसमा साझेदारी गरेको छ । नेपाल भ्रमणका क्रममा लुम्बिनी आइपुगेका हिन्दू चेम्बर अफ कमर्स क्यानडाका प्रतिनिधि तथा नेपाल—क्यानडा चेम्बर अफ कमर्सका प्रतिनिधि र लुम्बिनी चेम्बर अफ कमर्सका प्रतिनिधिबीच […]

अमेरिकन चेम्बर अफ कमर्स र युएस एड ट्रेडबीच सहकार्य

काठमाडाैं  । अमेरिकन चेम्बर अफ कमर्स नेपाल (एमच्याम) र युएसएड ट्रेड एण्ड कम्पिटिटिभनेस नेपालबीच व्यवसाय विस्तारमा सहजीकरणका लागि सहकार्य गर्ने सम्झौता भएको छ । एमच्यामका अध्यक्ष अजित शाह र युएसएड ट्रेड एण्ड कम्पिटिटिभनेस नेपालकी प्रमुख एग्नेस लुजले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।सम्झौता अनुसार, युएसएड ट्रेड एण्ड कम्पिटिटिभनेसले लगानी विस्तारका लागि एमच्यामलाई नीतिगत रुपमा सहजीकरण गर्नेछ […]

उद्यमीहरू ब्राजिल भ्रमणमा

नेपाल ब्राजिल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका उद्योगी तथा उद्यमीहरूको एक प्रतिनिधिमण्डल ब्राजिल भ्रमणमा गएका छन्।...

अमेरिकन चेम्बर अफ कमर्स नेपालको अध्यक्षमा अजित शाह पुनः अनुमोदित

अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरुको सञ्जाल अमेरिकन चेम्बर अफ कमर्स नेपाल (एचाम) को पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

भक्तपुर चेम्बर अफ कमर्स उत्कृष्ट

भक्तपुर– भक्तपुर चेम्बर अफ कमर्सले उत्कृष्ट जिल्ला नगर चेम्बरको रूपमा कदर सम्मान प्राप्त गरेको छ । नेपाल चेम्बर अफ कमर्सको ७१ औँ वार्षिक साधारण सभा एवं चेम्बर दिवस २०७८ को उद्घाटन समारोहका अवसरमा भक्तपुर चेम्बर अफ कमर्सले उक्त सम्मान प्राप्त गरेको हो । समारोहमा सभामुख अग्निप्रसाद सापकोटाले भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धरलाई दोसल्ला ओढाई […]

ढकालको नेतृत्वमा दमक चेम्बर अफ कमर्स गठन

काठमाडौं, मंसिर १७ । झापामा दमक चेम्बर अफ कमर्स गठन भएको छ । नेपाल चेम्बर अफ कमर्सको भगिनी संस्थाका रुपमा दमक चेम्बर अफ कमर्स जिल्ला कार्यसमिति गठन भएको हो । राजेन्द्रप्रसाद ढकालको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको चेम्बरले जनाएको छ । पहिलो साधारणसभाको उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आत्मनिर्भर अर्थतन्त्र बनाउने […]

अमेरिकन चेम्बर अफ कमर्स नेपालको स्थापना

अमेरिकन चेम्बर अफ कमर्स नेपाल(एमच्याम) को सुरुवात गरिएको छ । नेपालभ्रमण्मा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र उप–सहायक विदेशमन्त्री केल्ली किडरलिङ र उप– सहायक विदेशमन्त्री केल्ली किडरलिङले नेपालमा पहिलो अमेरिकन चेम्बर अफ कमर्स शुरुआतको घोषणा गरेका हुन् ।सो अवसरमा एमच्यामका अध्यक्ष अजित शाहले नेपालको युवा तथा जागरुक जनसंख्या आर्थिक बृद्धिको श्रोत भएको बताउँदै संसारभरका […]

अमेरिकन चेम्बर अफ कमर्स नेपालको स्थापना

मंसिर ४, काठमाडौं । अमेरिकन चेम्बर अफ कमर्स नेपाल(एमच्याम) को शुरुवात गरिएको छ । ह्यात रिजेन्सीमा भएको कार्यक्रममा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र उप–सहायक विदेशमन्त्री केल्ली किडरलिङ र उप- सहायक विदेशमन्त्री केल्ली किडरलिङले नेपालमा पहिलो अमेरिकन चेम्बर अफ कमर्स शुरुआतको घोषणा गरेका हुन् ।  उक्त अवसरमा एमच्यामका अध्यक्ष अजित शाहले नेपालको युवा तथा जागरुक जनसंख्या आर्थिक बृद्धिको श्रोत भएको बताउँदै संसारभरका व्यवसायीहरूलाई नेपालमा व्यवसाय गर्नको लागि प्रोत्साहित गर्न चाहेको बताएका थिए । उनीहरुले नेपालमा रहेका अमेरिकन कम्पनीहरूको प्रतिनिधित्व गर्ने व्यापारिक अगुवाहरूसँग भेटघाट गर्दै अमेरिकन चेम्बर अफ कमर्स नेपालको स्थापना गरेका हुन् ।  अमेरिकन चेम्बर अफ कमर्स नेपालका लागि १३ जना प्रारम्भिक संस्थापक सदस्यहरूको घोषणा गरिएको छ । अजित शाह(लोटस होल्डिङ्स) को अध्यक्षतामा गठित एमच्याममा निर्मल श्रेष्ठ(मेटलाइफ), अतुल्य रिसाल, कैलाश बियानन्द(कम्प्लाएन्स क्वेस्ट), आकाश गोल्छा(फोर्ड वितरक), राज शाह(बडवाइजर वितरक), जयदिन श्रेष्ठ(हायात), मङ्गेश श्रेष्ठ(फ्रस्ट एन्ड सुलिभान), ओस्कर बतास(क्याटरपिल्लर वितरक), असीम सिंह(पठाओ राइड शेयरिङ), सञ्जय गोल्छा(डेल वितरक), साकार पुडासैनी(कारखाना) र सेमन्त दाहाल(कानूनी सल्लाहकार) सदस्य रहेका छन् । विश्वभर रहेका अमेरिकन चेम्बर अफ कमर्सका शाखाहरू संयुक्त राज्य अमेरिकाको चेम्बर अफ कमर्सका सदस्य हुने अमेरिकी दूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । सो अवसरमा संस्थापक सदस्यहरूले  आफ्ना विचार तथा आकांक्षाहरू एकआपसमा आदान–प्रदान गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकन चेम्बर अफ कमर्स नेपालको घोषणा

दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र उप–सहायक विदेशमन्त्री केल्ली किडरलिङले नेपालमा पहिलो अमेरिकन चेम्बर अफ कमर्स सुरुआतको घोषणा गरेका छन् । उनीहरुले नेपालमा रहेका अमेरिकी कम्पनीहरूको प्रतिनिधित्व गर्ने व्यापारिक अगुवाहरूसँग भेटघाट गर्दै अमेरिकन चेम्बर अफ कमर्स नेपालको सुरुआत गरेका हुन् ।