भरतपुर – भैरहवा उडान थप गर्दै बुद्ध एयर

वैशाख ७, चितवन । यसअघि भरतपुर– काठमाडौं गर्दै आएको बुद्ध एयरले  थप भरतपुर - भैरहवा उडान गर्ने भएको छ । यात्रुहरुको माग र आवश्यकतालाई ध्यानमा राखी उडान सञ्जाल विस्तार गर्दै जाने हेतुले भरतपुर - भैरहवा उडान थप गरिन लागिएको कम्पनीले बताएको छ ।  वैशाख १८ गतेबाट भरतपुर भैरहवामा सेवा सञ्चालन गर्न लागिएको बुद्ध एयरका भरतपुरका प्रबन्धक भक्त बहादुर बस्नेतले जानकारी दिए । ‘पहिलेदेखि कम्पनीको उडान सञ्जाल विस्तार गर्ने कम्पनीको योजना पनि थियो ’, उनले भने, भैरहवाबाट भरतपुर र भरतपुरबाट भैरहवा जाने यात्रुहरुको माग पनि उत्तिकै छ ।’  भरतपुर भैरहवा उडान शुरु गर्ने वित्तिकै लुम्बिनीको पर्यटकीय गन्तव्य र चितवनको पर्यटनमा पनि टेवा पुग्ने उनको भनाइ छ ।  नारायणगढदेखि  बुटवल जाने सडक हाल स्तरोन्नति र निर्माण कार्य भएकोले यो उडानले यात्रुलाई केही सहज हुने उनले बताए । उनका अनुसार शुरुवाती क्षणमा कम्पनीको १८ सिटे जहाजबाट एउटा उडानबाट मात्र सेवा दिइनेछ ।  भरतपुर– भैरहवाको उडान भाडादर ३ हजार १०० रुपैयाँदेखि ३ हजार ५०० रुपैयाँसम्म हुन सक्ने उनले बताए ।  भरतपुर विमानस्थलका प्रमुख योगेन्द्र कुवँरले बुद्ध एयरको  भरतपुरबाट देशका अन्य शहर तथा जिल्लामा उडान सञ्जाल बढ्नु यात्रु तथा कम्पनी सबैलाई लाभ हुने बताए । ‘उडान विस्तारले यात्रुलाई सहज पनि हुन्छ’, उनले भने, ‘देशका प्रमुख शहर तथा जिल्लालाई जोड्न समेत सहयोग पुग्नेछ ।’ हाल कम्पनीले  दैनिक भरतपुर–काठमाडौं सात ओटासम्म र भरतपुर–पोखरा एउटा उडान गर्दै आएको छ । 

सम्बन्धित सामग्री

वर्षाका कारण भरतपुरबाट एउटा मात्रै उडान

चितवन। प्रतिकूल मौसमका कारण बुधवार चितवनमा हवाई उडान प्रभावित भएको छ । भरतपुर विमानस्थलका अनुसार प्रतिकूल मौसमका कारण उडान प्रभावित बनेको हो । बुद्ध एयर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतले बुधवार भरतपुरबाट एउटा मात्र उडान भएको जानकारी दिए । उनका अनुसार प्रतिकूल मौसमका कारण बिहान ८ बजे भरतपुरबाट बुद्ध एयरले काठमाडौंका लागि एउटा उडान भरे पनि बाँकी उडान हुन सकेन ।

जहाज थप्दै वायुसेवा कम्पनीहरू

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण बढी प्रभावित उड्डयन क्षेत्रले विस्तारै गति लिँदै गर्दा निजीक्षेत्रका वायुसेवा प्रदायक कम्पनीहरू थप जहाजका साथसाथै गन्तव्य विस्तारमा पनि अग्रसर देखिन थालेका छन् । बुद्ध एयर, यती एयरलाइन्स र श्री एयरका साथसाथै आप्mनै ब्रान्ड फर्किएको गुण एयरलाइन्सले समेत जहाज थप्ने र नयाँ गन्तव्यमा उडान गर्ने तयारी गरेका छन् । कोरोना भाइरस संक्रमण उच्च हुँदा आन्तरिक उडानसमेत बन्द गरिएको र यो अवधिमा निजी वायुसेवा कम्पनीले रू. २५ अर्ब बराबरको आम्दानी गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रतिवेदनमा उल्लेख गरिएको छ । तर, कोरोना भाइरसको संक्रमण कम हुँदै आएपछि उड्डयन क्षेत्रले गति लिन थालेको छ । हवाई क्षेत्रले गति लिन थालेपछि निजीक्षेत्रका वायुसेवा कम्पनीहरूले जहाज ल्याउने योजना अघि बढाएका छन् । शनिवार मात्रै श्री एयरलाइन्सले एउटा जहाज ल्याएको छ । उक्त कम्पनीका प्रवक्ता अनिल मानन्धरले जहाज ल्याएपछि नयाँ गन्तव्य सुर्खेत, तुम्लिङटार र भरतपुरमा उडान गरिने जानकारी दिए । शनिवार राति टर्बाेप्रोप जहाज नेपाल ल्याइसकेको र अर्काे जहाज जनवरी महीनाभित्र आइपुग्ने जानकारी उनले दिए । अहिले जहाजको संख्या कम भएको र बजारमा माग पनि बढेको हुँदा जहाज थपिएको उनको भनाइ छ । हवाई सेवामा दोस्रो बजार अंश ओगटेको यति एयरलाइन्सले पनि सन् २०२२ अर्थात् अबको १ वर्षभित्र ४ ओटा जहाज थप्ने तयारी गरेको छ । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले अबको ४/५ महीनाभित्र दुईओटा जहाज ल्याउने र १ वर्षभित्रमा थप २ गरी चारओटा जहाज किन्ने तयारी गरिएको जानकारी दिए । २०२२ मै चारओटा जहाज थप्ने तयारी गरेको यतिले एटीआर जहाज ल्याउनेछ । यसमध्ये २ ओटा एटीआर–४७ र २ ओटा एटीआर–७२ जहाज हुन् । पहिलो चरणमा ल्याउने दुईओटा जहाज भने एटीआर–४७ र एटीआर–७२ रहेको बर्तौलाले जानकारी दिए । यतिसँग ७२ सीट क्षमताका पाँचओटा एटीआर जहाज छन् । आन्तरिक उडानमा दोस्रो स्थानमा रहेको यतिसँग जहाजको संख्या घटेपछि सन् २०२२ भित्र नै ती जहाज थप्दै छ । ‘जहाज थपेसँगै गन्तव्य विस्तार गर्ने योजना पनि छ,’ बर्तौलाले भने, ‘साथै हामीले उडान गर्न नसकेका गन्तव्यमा पनि उडान विस्तार गर्नेछौंं ।’ यतिले जहाजको संख्या घटेपछि नियमित उडान गर्दै आएको भरतपुर र तुम्लिङटार उडान गर्न सकेको छैन । जहाज आएपछि ती दुई गन्तव्यमा निरन्तर उडान हुने उनले बताए । यसैगरी नयाँ गन्तव्य सुर्खेत र धनगढीमा उडान गर्ने योजना रहेको उनको भनाइ छ । भगिनी संस्था तारा एयरका गरी यतिसँग १० ओटा जहाज थिए । तर, ताराका पाँचओटा जहाज गुण एयरलाइन्सलाई विक्री गरेपछि यतिका जहाजको संख्या घटेको हो । आन्तरिक उडानतर्फ दोस्रो बजार अंश ओगटेको यतिसँग जहाजको संख्या घटेपछि बजारअंश पनि घटेको छ । जहाज विक्री नहुँदासम्म ३१ प्रतिशत बजार अंश रहेको तर जहाजको संख्या पनि घटेपछि उसको बजार अंश २४ प्रतिशतमा सिमित भएको छ । विदेशी पर्यटक नआए पनि नेपाली यात्रु तथा आन्तरिक पर्यटकबाट नै उड्डयन क्षेत्र टिक्न सक्ने स्थिति देखिएको बताए । आन्तरिक उडानमा अग्रणी बुद्ध एयरले पनि थप चारओटा जहाज ल्याउने योजना अघि सारिसकेको छ । दुर्गम क्षेत्रलाई लक्षित गरेर उडान गर्ने योजनाअनुसार कम्पनीले १९ सीटे ट्वीनअटर जहाज ल्याउने तयारी गरेको हो । नयाँ गन्तव्य थपिँदा र क्षेत्रीय उडानहरू गर्दा पनि दैनिक ३÷४ ओटा प्mलाइट हुने भएकाले जहाज थप्न निजीक्षेत्रका एयरलाइन्स कम्पनीहरू अग्रसर देखिएका हुन् ।

भरतपुर–भैरहवा उडान भर्दै बुद्ध एयर

बुद्ध एयरले यही साउन ३१ देखि भरतपुर–भैरहवा उडान शुरुवात गर्ने भएको छ । कम्पनीका भरतपुर शाखा प्रबन्धक भक्तबहादुर बस्नेतले हप्तामा आइतबार, बुधबार र शुक्रबार दिउँसो १२ः५५ बजे तीन  उडान गर्न लागेको जानकारी दिए ।  उनले भने, “पर्यटकीय नगरीसँग हवाई उडान जोड्नका लागि उडान शुरु गर्न लागिएको हो ।” नारायणगढ–बुटवल सडक विस्तारका कारण यात्रुले सास्ती व्यहोर्दे आएका छन् ।  भैरहवा उडानका लागि एकतर्फी भाडा रु दुई हजार ८३५ देखि रु चार हजार ३३५ सम्म तय गरिएको छ । बुद्ध ए

भरतपुर–भैरहवा उडान भर्दै बुद्ध एयर

बुद्ध एयरले यही साउन ३१ देखि भरतपुर–भैरहवा उडान सुरुआत गर्ने भएको छ । कम्पनीका भरतपुर शाखा प्रबन्धक भक्तबहादुर बस्नेतले हप्तामा आइतबार, बुधबार र शुक्रबार दिउँसो १२ बजेर ५५ मिनेटमा  उडान गर्ने जानकारी दिए ।

साउन ३१ गतेदेखि भरतपुर-भैरहवा उडान शुरु गर्दै बुद्ध एयर

साउन २०, चितवन । यही साउन अन्तिमबाट बुद्ध एयरले भरतपुर-भैरहवा उडान गर्ने भएको छ । बुद्ध एयरले क्षेत्रीय विमानस्थलहरुलाई जोड्नुका साथै टुरिजम क्षेत्रलाई जोड्ने उद्धेश्यसहित भरतपुर–भैरहवा रुटमा उडान गर्न लागेको हो । बुद्ध एयरले भैरहवा उडान जोडेपछि देशका मुख्य पर्यटकीय स्थल पोखरा, लुम्बिनी, काठमाडौं र सौराहा लगायतका पर्यटकीय क्षेत्र जोडिने विमानस्थल प्रमुख योगेन्द्र कुँवरले बताए ।  ‘अहिले बुटवल नारायणगढ सडक निर्माणाधीन पनि छ, कुँवरले भने, उडान चलेपछि दुवै तिरका यात्रुलाई सहज पनि हुन्छ । ’ बुद्ध एयर भरतपुरका प्रबन्धक  भक्तबहादुर बस्नेतले साउन ३१ बाट यो उडान हुने मिति तय भएको जानकारी दिए । उनका अनुसार आइतवार, बुधवार र शुक्रवार १८ सिटे जहाज चल्ने गरि उडान तालिका तय भएको छ । यसअघि बुद्ध एयरले भरतपुर-काठमाडौं र भरतपुर–पोखरा रुटमा उडान गर्दै आइरहेको छ ।  केही दिन अघिबाट यति एयरलाईन्सले आफ्नो उडान स्थगित गरेपछि बुद्ध एयरले हाल भरतपुर-काठमाडौं ९ ओटा उडान र भरतपुर–पोखरा एउटा उडान हुँदै आएको छ ।  भरतपुर भैरहवाको लागि भाडादर जहाजको अकुपेन्सी अनुसार निर्धारण गरिएको बस्नेतले बताए । जसअनुसार यात्रुको लागि तीन किसिमको  भाडादर निर्धारण गरिएको छ । ‘कम्पनीले चार हजार ३३५, तीन हजार ३३५ र दुई हजार ८३५ भाडादर निर्धारण गरेका छौं, बस्नेतले भने, यसका लागि बी फेयर, ए फेयर र वाई फेयर गरेर वर्गीकृत गरेका हौं । ’ बुटवल नारायणगढ सडकखण्डका कारण यात्रुहरुको माग र आवश्यकता हेरेर पनि कम्पनीले भरतपुर भैरहवा उडान जोड्न लागेको बस्नेतको भनाइ छ ।

पोखरा–नेपालगंज सिधा उडान गर्दै बुद्ध एयर

निजी क्षेत्रको हवाई सेवाप्रदायक बुध्द एयरले आउँदो वैशाख १ देखि पोखरा–नेपालगंज नियमित उडान गर्ने भएको छ। हाल काठमाडौंबाटमात्र उडान गरिररहेको बुद्धले २०्र७५ सालको नयाँ वर्षदेखि पोखराबाट पनि नेपालगंज दैनिक उडान गर्ने घोषण गरेको छ। पोखरा हब विमानस्थल बनाएर बुद्धले भरतपुर र भैरहवा उडान गरिरहेको छ। गाडीबाट १० देखि १२ घण्टा लाग्ने उक्त रुटमा हवाईसेवा सुरुभएपछि…

बुद्ध एयरले भदौ ३० गतेदेखि भरतपुर–पोखरा उडान सुरु गर्ने :: Pahilopost.com

चितवन :  काठमाडौँसँग मात्र हवाई सेवा जोडिँदै आएको भरतपुर विमानस्थल भदौ ३० गतेदेखि पोखरासँग पनि जोडिने भएको छ।  नारायणगढ–मुग्लिन सडकबाट आजित यहाँका पर्यटन व्यवसायी र स्थानीयवासीको आग्रहमा बुद्ध एयरले पोखरा–भरतपुर उडान सुरु गर्ने भएको हो। बुद्ध एयर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतका अनुसार बिहान १० बजे पोखराबाट भरतपुरका लागि जहाज