काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) फुटतिर अग्रसर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने वा टिकाउने भन्ने बिषयमा विवाद हुँदा जसपा फुटतिर केन्द्रीत भएको हो। कांग्रेस, माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार बनाउने या ओली सरकारलाई निरन्तरता दिने भन्ने विषयको विवादले जसपा फुटको दिशामा पुगेकाे छ। जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव ओली सरकारको विपक्षमा छन्। तर, अर्का अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो ओली सरकार निरन्तरताको पक्