काँग्रेस बागमती निर्वाचन : ६१ प्रतिशत मत खस्यो

नेपाली काँग्रेसको बागमती प्रदेश अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनमा  शनिबार रातिसम्म करिब ६१ प्रतिशत मतदाताले मतदान गरेका छन् । कुल २१५० जना मतदाता रहेको बागमती प्रदेशमा १३२५ ले मतदान गरेका हुन् ।  निर्वाचन समितिले  राती १० बजे सम्म मतदानको समय तोकेको छ भने मतदान चाँडै सम्पन्न गर्नको लागि १० वटा मतदान केन्द्रको स्थापना गरिएको छ ।कम मतदाता भएका ३ वटा जिल्लाको लागि एउटा, काठमाडौँको लागि ३ वटा र अन्य जिल्लाको लागि १–१ वटा मतदान केन्द्र स्थापना गरिएको हो । मतदानस

सम्बन्धित सामग्री

स्याङ्जा २ र बाजुरामा मत गणना गर्न निर्वाचन आयोग समक्ष काँग्रेसको आग्रह

काँग्रेस नेताहरुले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरुलाई भेट गरी मत गणना शुरु गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएका छन्।...

लोकप्रिय मतमा काँग्रेस पहिलो, स्वतन्त्रलाई ३ लाख मत

स्थानीय निर्वाचन (२०७९) मा नेपाली काँग्रेसले नेकपा एमालेभन्दा करिब डेढ लाख बढी मत पाएको छ । निर्वाचन आयोगले मंगलबार पत्रकार सम्मेलन गर्दै वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा काँग्रेस लोकप्रिय मतमा पहिलो भएको तथ्यांक सुनाएको हो । काँग्रेसले ३९ लाख ५६ हजार १९३ मत पाएको आयोगले जनाएको छ । यस्तै एमालेले ३८ लाख ११ हजार ६०२ मत पाएको छ । आयोगका अनुसार काँग्रेसले ३४‍.२८ र एमालेले ३३.०३ प्रतिशत मत पाएका छन् ।एमालेभन्दा  काँग्रेसले एक लाख ४४ हजार ५९१ मत बढी ल्याएको आयोगको विव

काँग्रेस जनताको मन जितेर मत जित्न चाहन्छ : नैनसिंह महर

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य ननसिंह महरले काँग्रेस जनताको मन जितेर मत जित्ने अभियानमा लागेको बताएका छन्। स्थानीय तहको निर्वाचन लक्षित पार्टीको एक महिने अभियानको पूर्व सन्ध्या कञ्चनपुरको महेन्द्रनगरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महरले यस्तो बताएका हुन्। ‘घरघर जाऔँ, काँग्रेस जिताऔँ’अभियानका लागि कञ्चनपुर पुगेका नेता महरले जनताको मन जित्न सके […]

बारामा काँग्रेस सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुने

नेपाली काँग्रेस बाराको सभापति पदका लागि दोश्रो चरणको निर्वाचन हुने भएको छ । नेपाली काँग्रेस बाराको १४ औं अधिवेशन अन्तर्गत जिल्ला सभापतिसहितको कार्य समिति चयन गर्न बुधवार कलैयामा भएको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेका हुन् ।काँग्रेसको विधानमा सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत हासिल गर्नुपर्छ । बिहीबार बिहान सम्पन्न मतपरिणाम अनुसार सभापतिमा ८ सय ३३ मत प्राप्त गरेर राजेश राय यादव प्रथम, ८ सय ९ मत प्राप्त गरेर शम्भु बहादुर बुढाथोकी दोश्रो र ७ सय ८ मत प्राप

काँग्रेस कैलालीको सभापतिका लागि पुनः निर्वाचन हुने, बमको सम्भावना धेरै

काठमाडौँ । नेपाली काँग्रेस कैलालीको सभापति पदका लागि पुनः निर्वाचन हुने भएको छ । काँग्रेस कैलालीको आइतबार भएको १४ औँ जिल्ला अधिवेशनअन्तर्गत सोमबार(आज) भएको मतगणनामा सभापतिका तीन जना उम्मेदवार मध्ये कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि पुनः दोस्रो चरणको निर्वाचन हुने भएको हो । मतगणना परिणामअनुसार सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले सबैभन्दा बढी एक […]

काँग्रेस कैलालीको निर्वाचन : आज मत गणना हुँदै

नेपाली काँग्रेस कैलालीको मतगणना आज ११ बजेदेखि सुरु हुने भएको छ । निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीका अनुसार आज बिहान ११ बजेदेखि काँग्रेसको जिल्ला पार्टी कार्यालयमा मत गणना सुरु हुने छ । नयाँ नेतृत्वका लागि आइतबार चुनाव भएको थियो ।निर्वाचनमा २ हजार ४८५ मत खसेको थियो । काँग्रेस कैलालीको निर्वाचनका लागि २ हजार ५७५ प्रतिनीधि चयन भएका थिए । सभापतिका लागि देउवा समूहकै नारायण दत्त भट्ट र प्रकाशबहादुर बम प्रतिस्पर्धामा छन् ।कोइराला समूहका रामबहादुर कलेल पनि चुनावी मैदानमा छन् । भट्टको प्यानलबाट उपसभापतिम

काँग्रेस महाधिवेशन : प्रदेश १ मा पनि मतगणना सुरु

नेपाली काँग्रेस प्रदेश १ को मत गणना शुरु भएको छ। काँग्रेस पार्टी कार्यालय मोरङमा अहिले १ :५० बाट मतगणना कार्य शुरु भएको हो। निर्वाचन समितिका प्रमुख भरत थापाका अनुसार मतगणना कार्य शुरु गर्नेका लागि मुचुल्का उठाएर मत गणना गर्ने काम शुरु भएको हो ।काँग्रेस प्रदेश समितिको नेतृत्वका लागि शनिबार मतदान भएको थियो। मत गणनाको कार्य आज बिहान ८ बजेदेखि गर्ने भनिए पनि  उमेदवार तथा पार्टीका नेताहरु मतगणना स्थल नआएकाले मतगणना कार्य ६ घण्टा ढिला भएको हो

अछाममा काँग्रेस निर्वाचन : क्षेत्र नम्बर २ को मत परिणाम सार्वजनिक

नेपाली काँग्रेस क्षेत्र नम्बर २ को मत परिणाम सार्वजनिक भएको छ । क्षेत्र नम्बर २ मा मंगलबार भएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको मत परिणाम सार्वजनिक भएको हो । महाधिवेशन र क्षेत्रीय कार्य समितिका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ ।महाधिवेशन प्रतिनिधि खुल्ला १० जनामा सबै भन्दा बढी मत ल्याएर काँग्रेस अछामका पूर्वसभापति पुष्पबहादुर शाह विजयी भएका छन् । उनले ५ सय ४५ मत ल्याएका छन् ।यस्तै दोस्रो नम्बरमा पदमराज अधिकारी ४ सय ९७, तेस्रोमा बलबहादुर कुँवरले ४ सय ८५, चौथोमा सुरतबहादुर विष्टले

काँग्रेस अधिवेशन : फर्जी मत खसेको भन्दै अछाम १ मा मतगणना स्थगित

फर्जी मत खसेको भन्दै अछाम १ मा काँग्रेस अधिवेशनको मतगणना स्थगित भएको छ । अछाम क्षेत्र १ मा मतदाताभन्दा १८ मत बढी भेटिएको भन्दै मतगणना कार्य स्थगित भएको हो । कुल मतदाता संख्या ७६४ रहेको क्षेत्र १ मा ७५७ मत खसेको निर्वाचन कमिटीले जनाएको थियो । मत गणनाको क्रममा ४१७ मतगणनापछि बाँकी रहेका मतपेटिका खोलेर जम्मा मतपत्र संख्या ७७५ पुगेको उम्मेदवारहरूले बताएका छन् ।

पाँचथरमा काँग्रेस निर्वाचन : प्रदेशसभा ‘ख’ को सभापतिमा श्रेष्ठ विजयी

नेपाली काँग्रेस पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ को सभापतिमा मैया श्रेष्ठ लावती विजयी भएकी छन् । आइतबार सम्पन्न भएको मतगणनाअनुसार श्रेष्ठले २७३ मत प्राप्त गर्दै विजय हासिल गरिन् । श्रेष्ठका प्रतिद्वन्द्वी नगेन्द्रकुमार लामाले २०९ मत प्राप्त गरेका छन् । श्रेष्ठ जिल्ला सभापतिका उम्मेदवार सुरेन्द्रकुमार दाहाल पक्षधर हुन् भने लामा जिल्ला सभापतिका अर्का उम्मेदवार रुपनारायण जबेगू पक्षधर हुन् । उपसभापति पदमा श्रेष्ठको प्यानलका तेजबहादुर चेम्जोङ २९१ मत र लामा प्यानलका जितबहादुर भण्