बागमतीमा गाडीभाडा वृद्धि, उपत्यकाको सुरु भाडा २० नै कायम

६ साउन, काठमाडौं । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको छ । साउन २ गते मन्त्री घनश्याम दाहालले साउन ५ गतेदेखि लागू हुने गरी भाडा वृद्धिको निर्णय गरेका मन्त्रालयले जनाएको छ । भाडावृद्धिपछि पनि काठमाडौं उपत्यकामा सुरुको भाडादर अर्थात् ५ किलोमिटरसम्मको गाडीभाडा २० रुपैयाँ नै कायम […]

सम्बन्धित सामग्री

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा (सूचीसहित)

काठमाडौं । सार्वजनिक यातायातको फेरि भाडा वृद्धि भएको छ । बागमती प्रदेशमा सञ्चालन हुने सवारी साधनको भाडादर वृद्धि भएको हो । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले नयाँ भाडा दर सार्वजनिक गरेको छ । नयाँ भाडादर अनुसार अब ५ किलोमिटरसम्मको १८ रुपैयाँबाट वृद्धि भएर १९ रुपैयाँ कायम गरिएको छ । त्यस्तै, १० किलोमिटरको २४ […]

औद्योगिक क्षेत्रमा जग्गा भाडा वृद्धिको विरोधमा उद्योगी

पोखरा – पोखरा औद्योगिक क्षेत्रमा सञ्चालित हरेक उद्योगको मूलगेटमा कालो झण्डा फर्फराइरहेको छ। गेटमा विरोधपत्र टाँसिएको छ। जहाँ लेखिएको छ, ‘अन्यायपूर्ण विभेदकारी भाडावृद्धि विरुद्धमा आन्दोलन।’ जसमा ३ बुँदे मागसमेत छन्। असमान अन्यायपूर्ण तथा विभेदकारी भाडा वृद्धि खारेजी, सबै उद्योगमा एकल भाडादर कायम, वार्ता र सहमतिमा उद्योगमैत्री भाडादर निर्धारण गर्नुपर्ने बुँदा मागमा उल्लेख छ। ‘समयमै वार्ता […]

फेरि बढ्यो बस भाडा

काठमाडौं । सरकारले छोटो दूरीको सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ । बाग्मती प्रदेश सरकारअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको हो । नयाँ भाडादरअनुसार काठमाडौं उपत्यकामा बस चढ्नेबित्तिकै २० रुपैयाँ तिर्नुपर्ने यसअघिको प्रावधान यथावत् राखिएको छ । उपत्यकामा सुरुको दर अर्थात् पाँच किलोमिटरसम्मको गाडीभाडा २० रुपैयाँ नै कायम […] The post फेरि बढ्यो बस भाडा appeared first on राजधानी राष्ट्रिय दैनिक.

एक सातामै दुईपटक बढ्यो गाडी भाडा

अन्तरप्रदेशमा सञ्चालित गाडीमा मात्रै भाडा वृद्धि, स्थानीय रुटमा पुरानै कायम १० दिनमा डिजेलको भाउ १० रुपैयाँले बढेपछि सार्वजनिक सवारीसाधनको भाडामा पनि सातामै दुईपटक बढेको छ । यातायात व्यवस्था विभागले दुई वा दुईभन्दा बढी...

आजबाट सार्वजनिक सवारीको भाडा बढाउँदै सरकार, कति पुग्ला न्यूनतम भाडा?

काठमाडौं : सरकारले आइतबारबाट लागुहुने गरी नयाँ भाडादर कायम गर्ने भएको छ। यातायात व्यवसायीहरुको माग सम्बोधन गर्दै सरकारले गाडी भाडा बढाउने निर्णय गरेपछि यातायात व्यवस्था विभागले नयाँ भाडादर निकाल्न लागेको हो। सार्वजनिक यातायातको १० प्रतिशत र ढुवानी यातायातको १५ प्रतिशतसम्म भाडा वृद्धि गर्ने बिहीबार बसेको  मन्त्रिस्तरीय बैठकबाट निर्णय भएको थियो।…

सार्वजनिक सवारीसाधनको बढ्यो भाडा, १३ % सम्म भाडा वृद्धि

चैत १७, काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । इन्धनको मूल्य बढ्दै गएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा भाडा बढाउन स्वीकृत गरेको हो । हाल कायम भएको दरमा १० देखि १३ प्रतिशतसम्म भाडा वृद्धि हुन सक्ने यातायात व्यवस्था विभागले बताएको छ । एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने मालबाहक तथा यात्रुबाहक सवारीसाधनमा मात्रै भाडा बढेको विभागले बताएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राष्ट्रिय लामो दूरीका सवारीसाधनमा भाडा समायोजन गर्न स्वीकृति दिएको हो ।             मन्त्रालयबाट पेट्रोलियम पदार्थको भाडा पाँच प्रतिशत घटबढ हुँदा समायोजन स्वतः हुने र कसैले माग गर्न नपर्ने व्यवस्था गर्न लागेको विभागले बताएको छ । विगतमा पनि स्वचालित भाडादर लागू गर्ने भनिए पनि लागू भएको थिएन ।             सरकारले पछिल्लो पटक गत असार २८ गते सवारीसाधनको भाडादर समायोजन गरेको थियो । त्यसयता डिजेलको मूल्य ३४ प्रतिशत बढेको विभागले बताएको छ ।

उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा बढ्यो

असोज २१, काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा वृद्धि भएको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बुधवार काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो । वाग्मती प्रदेशमा १३ ओटा जिल्ला छन् । काठमाडौं उपत्यका बाहिरको हकमा २३ प्रतिशतले भाडा वृद्धि गरेको वाग्मती प्रदेश सरकारले काठमाडौं उपत्यकामा भने किलोमिटरका आधारमा भाडा बढाएको हो । उपत्यकाभित्र सार्वजनिक सवारी साधनमा शून्य किलोमिटरदेखि पाँच किलोमिटरसम्म रू. १८, १० किलोमिटरसम्म रू. २३, १५ किलोमिटरसम्म रू. २७, २० किलोमिटसम्म रू. ३० र २० किलोमिटरभन्दा माथि रू. ३५ भाडादर कायम गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विसं २०७८ असार २७ को मन्त्रिस्तरको निर्णयानुसार यातायात व्यवस्था विभागबाट विसं २०७८ असार २९ गते अन्तर प्रदेश रुटको भाडा समायोजन गरेर प्रदेशभित्र सञ्चालन हुने छोटो रुटको हकमा प्रदेश सरकारबाट नै भाडा समायोजन गरिनुपर्ने कानूनी व्यवस्था गरेको थियो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सार्वजनिक सवारी साधनमा भाडा वृद्धि गरे पनि ट्याक्सीको हकमा भाडा वृद्धि नगर्नु दुःखद् भएको बताए । ट्याक्सीमा पनि वैज्ञानिक भाडादर कायम गर्नुपर्ने उनको भनाइ थियो । रासस

सार्वजनिक यातायातमा २८ प्रतिशत भाडा वृद्धि गरेर बालकोट गए ओली

यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडादरमा भारी वृद्धि गरेको छ । हाल कायम रहेको मूल्यमा २० देखि २८ प्रतिशतसम्म भाडादर वृद्धि गरिएको हो । विभागका अनुसार यात्रुबाहक सवारीको भाडा सबैभन्दा बढी ...

काठमाडौं–ताप्लेजुङ हवाई भाडा वृद्धि

ताप्लेजुङ, जेठ १९ – राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले काठमाडौं–ताप्लेजुङको हवाई भाडा वृद्धि गरेको छ ।  यसअघि पाँच हजार ३ सय ३० रुपैयाँ भाडादर रहेकामा अहिले एक हजार ८ सय ६५ रुपैयाँ बढाएर सात हजार १ सय ९५ रुपैयाँ भाडादर कायम गरिएको निगमका ताप्लेजुङ इञ्चार्ज विकास राईले जानकारी दिनुभयो । ...

हवाई भाडामा मनपरी

कोल्टी विमानस्थलबाट उडान हुने विमान कम्पनीले मनोमानी भाडा असुल गर्ने गरेका छन् । कम्पनीले दशैँ बिदामा घर जाने यात्रुबाट मनोमानी भाडा असुल गर्ने गरेको यात्रुले बताएका छन् । तीन हजार ७६० भाडा कायम गरिएको भए पनि कसैले कार्यान्वयन गरेका छैनन् । दशैँको मुखमा आएर दोब्बरले भाडा वृद्धि गरेका छन् । उनीहरुले बाजुराको कोल्टीबाट नेपालगञ्जसम्म पाँच…