राप्रपा नेपाल साझा घर हो, सबैलाई ‘स्पेस’ छ :  महामन्त्री बर्तौला

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले राप्रपा नेपाललाई सबै नेपालीको साझा घर बनाउनु पर्नेमा जोड दिएका छन् । उनले पार्टीमा विचारका आधारमा निषेध नगरिने भन्दै सबैलाई ‘स्पेस’ रहेको बताए । राष्ट्रिय युवा मोर्चा नेपालद्वारा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले राप्रपा नेपाल सकारात्मक परिवर्तनको निमित्त जनताको मन मष्तिष्कको बदल्ने आन्दोलनको नेतृत्व गरिरहेको बताए ।उनले आगामी निर्वाचनमा राप्रपा नेपाललाई राष्ट्रिय पार्टी बनाउन युवाहरुको महत्त्वपूर्ण भूमिका र जिम्मेवारी रहने विचार ब्यक्त