खाडी र मलेसियाको ‘भिजिट भिसा’ भ्रमण खुकुलो

गृह मन्त्रालयले माघ १० गतेदेखि खाडी मुलुक र मलेसियामा भ्रमण भिसामा जान रोक लगाउने माघ ७ गतेको निर्णयमा केही खुकुलो बनाएको छ । खाडी र मलेसियाबाहेक कम्तीमा अन्य दुई मुलुकमा पर्यटकका रूपमा भ्रमण गरिसकेका व्यक्तिले मात्रै अब खाडी राष्ट्र र मलेसिया भ्रमण भिसामा जान पाउनेछन् । सो मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जारी गर्नुभएको विज्ञप्तिमा नेपाली दूतावासको सिफारिस पत्र परराष्ट्र मन्त्रालयलाई प्राप्त भएपछि बिरामीको कुरुवा वा रेखदेखका लागि जाने तीन पुस्ताभित्रका परिवारका सदस्यलाई भ्रमणमा जान दिने निर्णय भएको छ