काठमाण्डाै – सरकारले अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीको सरुवा गरेको छ । आज बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ सचिव मरासिनीको सरुवा गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले उज्यालोलाई जानकारी दिनुभयो ।मरासिनी आफैँले सरुवाका लागि निवेदन दिएकाले उहाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको मन्त्री राईले जानकारी दिनुभयो । सरकारले तत्कालका लागि राजस्व सचिव कृष्णहरि पुष्करलाई नै अर्थ सचिवको जिम्मेवारी दिएको छ ।अर्थमन्त्री जनार्दन शर्मालाई बजेट बनाउँदा करका दर हेरफे...