बार्यन म्युनिखले जित्यो जर्मन सुपर कप उपाधि

२ भदौ, काठमाडौं । रोवर्ट लेवान्डोस्कीको दुई गोल मद्दतमा बोरुसिया डर्टमण्डलाई पराजित गर्दै बार्यन म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ । मंगलबार राति भएको फाइनलमा बार्यनले बोरुसिया डर्टमण्डलाई ३-१ ले पराजित गर्दै च्याम्पियन बनेको हो । बार्यनका लागि थि एक गोल थोमस मुलरले गरे । डर्टमण्डका मार्को रिउसले एक गोल फर्काए । खेलको ४१ […]

सम्बन्धित सामग्री

बालोन डिओरको मनोनयन घोषणा आज

वर्ष २०२१ को विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित बालोन डिओर अवार्डको प्रारम्भिक मनोनयन घोषणा आज हुँदैछ । अवार्ड संस्थापक ‘फ्रान्स फुटबल’ले अवार्डका लागि महिला र पुरुष दुवैतर्फको प्रारम्भिक मनोनयन आज सार्वजनिक गरिने जनाएको छ । मनोनयन घोषणा कार्यक्रम  राति ९ बजेपछि हुनेछ ।यसपछि टप–१० सूची सार्वजनिक हुनेछ । अवार्ड घोषण हुने दिन टप–३ घोषणा हुनेछ । यस वर्ष अवार्ड घोषणा तथा वितरण नोभेम्बर २९ मा हुनेछ ।यो अवार्डका लागि जर्मन क्लब बार्यन म्युनिख तथा पोल्यान्डका स्टार फरवार्ड रोवर्ट लेवान्डोस्की, फ्रेन्च क्लब पिएसजी तथा अर्जेन्टिनाका लियोनल मेस्सी र इंग्लिस क्लब चेल्सी तथा इटालियन मिडफिल्डर जर्जिन्होलाई मुख्य दाबेदार मानिएको छ । गत सिजन यो अवार्ड कोरोना भाइरस महामारीका कारण रद्द भएको थियो । यसपटक पिएसजीका मेस्सीले अर्जेन्टिनाबाट कोपा अमेरिका र गत सिजन बार्सिलोनाबाट कोपा डेल रे कप गरी दुई उपाधि जिते । यस वर्ष मेस्सीकै कप्तानीमा अर्जेन्टिनाले २८ वर्षपछि पहिलो उपाधि जित्यो भने मेस्सीले पनि करिअरको पहिलो अन्तर्राष्ट्रिय उपाधि जिते । बार्यनका लेवान्डोस्कीले यस वर्ष बुन्डेस लिगा, क्लब विश्वकप र जर्मन सुपर कप गरी ३ उपाधि जितेका छन् ।चेल्सी तथा इटालीका जर्जिन्हो सबैभन्दा अघि छन् । उनले चेल्सीबाट च्याम्पियन्स लिग र युइएफए सुपर कप जिते भने यसै वर्ष इटालीबाट युरो कपको उपाधि पनि जितेका छन् ।