यी हुन् प्रधानमन्त्री प्रचण्डले सबैभन्दा बढी प्राथमिकता दिएका तीन क्षेत्र

काठमाडा‌ैं। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो कार्यकालमा तीन कामलाई प्राथमिकता दिने बताएका छन्। प्रचण्डले आज पदभार सम्हालेपछी अाफूले प्राथमिकता दिने तीन क्षेत्रकाे घोषणा गरेका हुन्। उनले प्राथमिकता दिएका तीन क्षेत्र हुन्- सुशासन, सेवा प्रवाह र विकास निर्माणका काममा प्रभावकारिता अभिवृद्धि।

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्डको पहिलो निर्णयः प्रधानमन्त्री कार्यालयको सुदृढीकरण

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सुदृढीकरणसम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर पदभार ग्रहण गरेलगत्तै उनले सो निर्णयमा हस्ताक्षर गरेका हुन्। उनले सुशासन, सेवा प्रवाह र विकास निर्माणका काममा प्रभावकारिता अभिवृद्धि गर्न उक्त निर्णय गरेका हुन्।

भारतीय प्रधानमन्त्री मोदीले दिए नवनियुक्त प्रधानमन्त्री दाहाललाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल बधाई दिएका छन्।

प्रधानमन्त्री देउवाद्वारा नयाँ बेलायती प्रधानमन्त्री सुनकलाई बधाई

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतका नयाँ प्रधानमन्त्री ऋषि सुनकलाई बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्विटरमार्फत् बेलायतका नयाँ प्रधानमन्त्री सुनकलाई बधाई दिएका हुन् । ‘ऋषि सुनकलाई कन्जरभेटिभ पार्टीको नेता र युकेको अर्को प्रधानमन्त्री चयन भएकोमा न्यानो बधाई दिन चाहन्छु ।’ ट्विटरमा प्रधानमन्त्री देउवाले लेखेका छन्, ‘यो महत्वपूर्ण जिम्मेवारीका लागि उहाँलाई शुभकामना । नेपाल–युकेबीच […]

प्रधानमन्त्री देउवाद्वारा नवनिर्वाचित प्रधानमन्त्री ट्रसलाई बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतका नवनिर्वाचित प्रधानमन्त्री लिज ट्रसलाई सफल कार्यकालका लागि बधाई तथा शुभकामना दिनुभएको छ । उहाँले सन्देशमार्फत प्रधानमन्त्री ट्रसलाई उहाँको सफल कार्यकालका लागि शुभकामना र बेलायती जनताको निरन्तर प्रगति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रमुख विकास साझेदारका रूपमा नेपालले बेलायतसँगको सम्बन्धलाई उच्च महत्व दिएको उल्लेख …

प्रधानमन्त्री देउवाद्वारा बेलायतका नवनिर्वाचित प्रधानमन्त्री ट्रसलाई बधाई

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आज संयुक्त अधिराज्य बेलायतका नवनिर्वाचित प्रधानमन्त्री लिज ट्रसलाई बधाई दिएका छन्।उनले सन्देशमार्फत प्रधानमन्त्री ट्रसलाई उनको सफल कार्यकालका लागि शुभकामना र बेलायती जनताको निरन्तर प्रगति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ।प्रमुख विकास साझेदारका रूपमा नेपालले बेलायतसँगको सम्बन्धलाई उच्च महत्व दिएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले नेपालको विकास प्रयासमा बेलायतले गरेको महत्वपूर्ण सहयोगका लागि धन्यवाद ज्ञापन गरेका छन्।

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज (शनिबार) भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्रीद्वयबीच नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता सुरु भएको हो । हैदराबाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच वान टू वान वार्ता हुँदैछ । त्यसपछि आजै दुई देशका प्रतिनिधिमण्डलबीच वार्ता तथा विभिन्न सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको बताइएको छ […]

प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै

नयाँदिल्ली – भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीसँग हैदरावाद हाउसमा शनिबार भेटवार्ता हुँदैछ। भारतीय प्रधानमन्त्री मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री देउवा तीनदिने औपचारिक भ्रमणको सिलसिलामा शुक्रबार नयाँदिल्ली आइपुगेका छन्। भारतीय समकक्षी मोदीसँग प्रधानमन्त्री देउवाको बेग्लै र प्रतिनिधिमण्डलस्तरीय हैदराबाद हाउसमा छुट्टै वार्ता हुनेछ। द्विपक्षीय औपचारिक वार्तापछि प्रधानमन्त्री देउवा र मोदीले जनकपुर–जयनगर […]

प्रधानमन्त्री सुगा र भारतीय प्रधानमन्त्री मोदीबीच वार्ता

जापानी प्रधानमन्त्री योशिहिदे सुगा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दुई प्रधानमन्त्रीले भेटघाटमा बहुआयामिक सम्बन्धको समीक्षा गर्दै अफगानिस्तान सहित हालैको वैश्विक र क्षेत्रीय घटनाक्रमको बारेमा छलफल गर्नुभएको छ । वार्ताका अवसरमा दुई नेताले स्वतन्त्र, खुला र समावेशी हिन्द-प्रशान्त क्षेत्रप्रति आआफ्नो प्रतिबद्धता दोहोर्याउनुभएको छ । प्रधानमन्त्री सुगाले हालै पदभार ग्रहण गरेपछि प्रधानमन्त्री मोदीसँग …

प्रधानमन्त्री देउवाद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना व्यक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिनुभएको छ । प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल टुईटरमा टुइट गर्दै मोदीलाई ७१औं जन्मदिनको शुभकामना दिनुभएको हो । प्रधानमन्त्री मोदीले जन्मदिनको शुभकामना दिदै स्वास्थ्य लाभको कामनाका साथै सफल भविष्यको कामना गर्नु भएको छ ।

म कामचलाउ प्रधानमन्त्री होइन, प्रचण्डको चरित्र अस्थिर छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानमा कामचलाउ प्रधानमन्त्रीको प्रावधान नै नरहेको बताएका छन्। भारतीय संचारमाध्यम विअन न्यूजसँग कुरा गर्दै ओलीले आफू काम चलाउन नभएको प्रतिक्रिया दिएका हुन्। विअन न्यूजकी पल्की शर्मा उपाध्यायले तपाई प्रधानमन्त्री कि कामचलाउ प्रधानमन्त्री भन्ने प्रश्नमा ओलीले भने, ‘म प्रधानमन्त्री हुँ, कामचलाउ होइन। कामचलाउ प्रधानमन्त्रीको…