प्रिमियर लिगका ६ क्लबद्वारा युरोपियन सुपर लिगबाट नाम फिर्ता

काठमाण्डाै - प्रिमियर लिगका ६ वटा क्लबले युरोपियन सुपर लिगबाट नाम फिर्ता गरेका छन् । म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, आर्सनल, चेल्सी, लिभरपुल र टोटेनह्यामले युरोपियन सुपर लिगबाट नाम फिर्ता लिएका हुन् । संस्थापक सदस्य रहेका प्रिमियर लिगका ६ क्लबले नाम फिर्ता गरि फेरि युरोपियन क्लब एसोसिएशन (ईसीए)मा आबद्ध भएका हुन् । यी ६ क्लबले सन् २०२३ सम्मको सदस्यता लिएको ईसीएले जनाएको छ । स्पेनिस क्लब एट्लेटिको म्याड्रिड, इटालियन क्लब इन्टर मिलान र एसी मिलान पनि फर्किएका छन् । युरोपका १२ क्लबले आफ्नो नेतृत्वमा रहने गरि युरो...

सम्बन्धित सामग्री

प्रिमियर लिगका ६ क्लबलाई जरिवाना

प्रिमियर लिगले युरोपियन सुपर लिग (ईएसएल) नामको नयाँ प्रतियोगितामा आबद्द भएका ६ क्लबलाई जरिवाना गरेको छ ।ईएसएलको घोषणा गर्दा स्थापक क्लबमा रहेका म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, आर्सनल, चेल्सी, लिभरपुल र टोटेनहमलाई जरीवान गरेको हो ।प्रिमियर लिगले ६ क्लबलाई संयुक्त २० मिलियन पाउण्ड जरिवाना गरेको स्काई स्पोर्ट्सले जनाएको छ...

युरोपियन सुपर लिगबाट नाम फिर्ता लिएका ९ क्लबलाई जरिवाना

एजेन्सी। युरोपियन सुपर लिग खेल्न सहमत हुने ९ क्लबलाई युईएफएले जरिवाना गर्ने भएको छ। प्रिमियर लिगको आर्सनल, चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र टोटेनह्यामसहित एसी मिलान, इन्टर मिलान र एट्लेटिको मड्रिडले संयुक्त रुपमा एक करोड ३४ लाख अमेरिकी डलर जरिवाना तिर्नुपर्नेछ। उक्त रकम युरोपका ग्रासरूट फुटबलमा प्रयोग गरिनेछ। रियाल मड्रिड, बार्सिलोना र युभेन्टसको विषयमा भने केही खुलाइएको छैन।

युरोपियन सुपर लिगबाट नाम फिर्ता लिएका ९ क्लबलाई जरिवाना

एजेन्सी। युरोपियन सुपर लिग खेल्न सहमत हुने ९ क्लबलाई युईएफएले जरिवाना गर्ने भएको छ। प्रिमियर लिगको आर्सनल, चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र टोटेनह्यामसहित एसी मिलान, इन्टर मिलान र एट्लेटिको मड्रिडले संयुक्त रुपमा एक करोड ३४ लाख अमेरिकी डलर जरिवाना तिर्नुपर्नेछ। उक्त रकम युरोपका ग्रासरूट फुटबलमा प्रयोग गरिनेछ। रियाल मड्रिड, बार्सिलोना र युभेन्टसको विषयमा भने केही खुलाइएको छैन।

लिभरपुलविरुद्धको खेलअघि युनाइटेड समर्थकले गरे विरोध प्रदर्शन

एजेन्सी। म्यानचेस्टर युनाइटेडका समर्थकहरूले लिभरपुलविरुद्धको खेलअघि ओल्ड ट्राफोर्डमा क्लबका मालिक ग्लेजर परिवार स्वामित्वको विरोध गरेका छन्। युनाइटेडले युरोपियन सुपर लिग खेल्न समर्थन गरेका कारण झन्डै २०० भन्दा धेरै समर्थकले रंगशालामा विरोध गरेका हुन्। समर्थकले खेलाडी बसेको होटल अगाडि पनि विरोध गरेका थिए। प्रिमियर लिगको दोस्रो स्थानमा रहेको युनाइटेडले आज ९ः१५ बजे लिभरपुलविरुद्ध घरेलु मैदान ओल्ड ट्राफोर्डमा खेल्दैछ।

युरोपियन सुपर लिग तयारी अवस्थामै छ : पेरेज

एजेन्सी। रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले बाह्रमध्ये नौ संस्थापक क्लबले युरोपियन सुपर लिगबाट आफ्नो नाम फिर्ता लिएपनि लिग तयारी अवस्थामै रहेको बताएका छन्। ‘हामी निरन्तर काम गर्र्दै गइरहेका छौं। यो तयारी अवस्थामा नै रहेको छ’, पेरेजले भने। लिगको घोषणासँगै यसको चौतर्फी विरोध भएपछि एट्लेटिको मड्रिड, एसी मिलान र इन्टर मिलानसहित इङ्लिश प्रिमियर लिगबाट छ क्लबले आफ्नो नाम फिर्ता लिएका थिए।

लिभरपुल र युनाइटेडका मालिकले समर्थकसँग मागे माफी

एजेन्सी। इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेड र लिभरपुलका मालिकले युरोपियन सुपर लिगको सहभागिता जनाउने क्लबको निर्णयप्रति समर्थकसँग माफी मागेका छन्। युनाइटेडका सहअध्यक्ष जोज ग्लाजर र लिभरपुलका मालिक जोन डब्लू हेनरीले समर्थकसँग माफी मागेका हुन्। युरोपियन सुपर लिग खेल्न सहमति गर्ने १२ क्लबमध्ये युनाइटेड र लिभरसहित प्रिमियर लिगका ६ क्लब थिए। तर १२ मध्ये ९ क्लबले नाम फिर्ता लिइसकेका छन्।

इंग्लिस प्रिमियर लिगका क्लबले युरोपियन सुपर लिग नखेल्ने

चर्को आलोचनापछि इंग्लिस प्रिमियर लिगका क्लबले युरोपियन सुपर लिग नखेल्ने निर्णय गरेका छन्। यसअघि युरोपका बलिया मानिएका क्लबले आफ्नो छुट्टै लिग आयोजन गर्ने निर्णय गर्दै युरोपियन सुपर लिगको घोषणा गरेका थिए।

युरोपियन सुपर लिगबाट ६ इंग्लिस क्लबले फिर्ता लिए नाम

८ बैशाख, काठमाडौं । इंग्ल्यान्डका ६ वटे क्लबले युरोपियन सुपर लिग (ईएसएल) फुटबल प्रतियोगिताबाट नाम फिर्ता लिएका छन् । प्रतियोगिता घोषणा भएपछि नै यसको सबैतिरबाट आलोचना हुन थालेपछि प्रिमियर लिगका ६ क्लबले सुपर लिगबाट हात झिकेको हो । म्यानचेष्टर सिटी नाम फर्ता लिने पहिलो क्लब रहेको र चेल्सीले पनि त्यसैलाई फलो गरेको बीबीसीले जनाएको छ […]

सुरु नहुँदै विवादमा तानियो ‘सुपर लिग’

युरोपका १२ ठूला क्लबहरुले युरोपियन सुपर लिग सुरु गर्ने आफ्नो योजना घोषणा गरेका छन् । आइतबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘१२ वटा युरोपका अग्रणी क्लबहरू आज एकसाथ जुटेर मध्य सातामा नयाँ प्रतियोगिता आयोजना गर्ने घोषणा गर्दछौं, सुपर लिगलाई यसका संस्थापक क्लबहरुले नै सञ्चालन गर्नेछन्,’ भविष्यमा अन्य क्लबहरुले पनि यो लिगमा समावेश हुने आशा विज्ञप्तिमा गरिएको छ ।प्रिमियर लिगअन्तर्गतका म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी, आर्सनल, चेल्सी, टोट्टेनह्याम र लिभरपुल, स्पेनिस लिगअन्तर्गतका ब