विद्यालय भवन र भौतिक पूर्वाधार निर्माणका लागि बजेट कमी हुँदैन : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा नियमावली संशोधन गरेर भए पनि शिक्षक तथा कर्मचारीको समस्या समाधान गरिने बताएका छन् । बुटवलमा रहेको कान्ति माविको ६८औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षक तथा कर्मचारीको समस्या समाधानका लागि सरकार जहिल्यै पनि तयार रहेको बताए ।  स्थानीय स्तरमा शिक्षक दरबन्दी थप तथा मिलन गर्ने गरी यहीँ महिनामा शिक्षक सेवाबाट स्थायी रूपमा शिक्षक परिपूर्ति गर्न लागिएको भन्दै उनले बढी विद्यार्थी भएको स्थानमा सबैभन्दा बढी शिक्षक दरबन्दी सिर्...