ठूला दल मिली जनता बेचे : अध्यक्ष लिङदेन

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला दलबीच सहमति भएको दाबी गरेका छन्।बिहीवार काठमाडौंमा राप्रपाले आयोजना गरेको नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणको विरोध सभामा बोल्दै अध्यक्ष लिङदेनले यस्तो आरोप लगाएका हुन्।उनले जनता बेच्ने भ्रष्टाचार ठूला दलहरूको सर्वदलीय सहमतिमा पुग्नु लज्जास्पद र दुःखदायी रहेको बताए। उनले विश्व जगत्‌मा नेपालको बदनाम भएको भन्दै नेपालको शिर झुकेको बताए।उनले नक्कली भुटानी शरणार्थी प्रकरण पनि नेपाल प्