प्राविधिक शिक्षाका लागि लर्डवुद्ध र हिमालयन लाईफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौँ-  मुलुकभित्रै प्राविधिक व्यावसायिक शिक्षा र सीपयुक्त रोजगारी सिर्जना गर्न लर्ड बुद्ध एजुकेशन फाउण्डेशन र हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले सहकार्य गर्ने भएका छन् । सीपयुक्त रोजगारीको बढ्दो मागलाई सम्बोधन गर्न एवं व्यावसायिक एवं प्राविधिक शिक्षा उपलब्ध गराउनका लागि फाउण्डेशन र इन्स्योरेन्स कम्पनीबिच सहकार्य गर्ने सहमति भएको हो । सहमति पत्रमा फाउण्डेसनका अध्यक्ष पङ्कज जलान र […]

सम्बन्धित सामग्री

प्राविधिक शिक्षाका लागि लर्डबुद्ध र हिमालयन लाइफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं। लर्डबुद्ध एजुकेशन फाउण्डेशन र हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीबीच सहकार्य हुने भएको छ । शीपयुक्त रोजगारीको बढ्दो मागलाई सम्बोधन गर्न र व्यावसायिक एवं प्राविधिक शिक्षा उपलब्ध गराउन फाउण्डेशन र इन्स्योरेन्सबीच सम्झौता भएको हो । सम्झौतामा फाउण्डेसनका अध्यक्ष पंकज जलान र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले हस्ताक्षर गरेका छन् । फाउण्डेशनमा सूचना प्रविधि तथा व्यवस्थापन विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीले उक्त इन्स्योरेन्स कम्पनीमा प्रशिक्षार्थीको रूपमा सहभागी हुन पाउने सहमति भएको छ । यसबाट विद्यार्थीले पढाइका साथै रोजगारीको समेत अवसर पाउने फाउण्डेसनका अध्यक्ष जलानले बताए । सहमति अनुसार फाउण्डेसनले एमबीए र एमएससी आईटीएम विषयमा सो कम्पनीको सिफारिशमा ६ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनेछ । हिमालयन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कर्णले सामाजिक उत्तरदायित्वअन्तर्गत नि:शुल्क शिक्षा र रोजगारी सृजना गर्न लागिएको बताए । यो कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिइने उनको भनाइ छ ।