इन्द्रावती नदीको कटान जारी, मेलम्चीमा ढल्यो घर

काठमाडौं : मेलम्ची बजार क्षेत्रमा इन्द्रावती नदीले कटान जारी राखेको छ। असार १ गते आएको बाढीका कारण क्षतिग्रस्त मेलम्ची नगरपालिकाको वडा ११ मा रहेको प्रहरी चौकी नजिकैको घर बाढीको कटानले ढलेको छ। वर्षाले पानीको बहाव बढेपछि शनिवार बिहान गोपाल दुलालको उक्त घर नदीले तानेको हो। मेलम्ची र इन्द्रावती नदीको बाढीले…

सम्बन्धित सामग्री

चैत १ देखि मेलम्ची आयोजनाका सबै काम बन्द गर्ने चेतावनी

सिन्धुपाल्चोक (अस) । हेलम्बु–मेलम्ची बाढीपहिरो पीडितले आफ्ना ६ बुँदे माग एक साताभित्र सम्बोधन नगरे चैत १ गतेदेखि मेलम्ची खानेपानी आयोजनाका सबै काम बन्द गराउने चेतावनी दिएका छन् । सोमवार मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित सरोकार समन्वय समितिले विज्ञप्ति जारी गरी आफ्ना मागहरू सम्बोधन गर्न सकिने अवस्था हुँदाहुँदै पनि सम्बोधन नगरिएकाले मुहान क्षेत्र लगायत आयोजना क्षेत्रका सम्पूर्ण कामकाज ठप्प पार्ने चेतावनी दिएको हो । मेलम्ची आयोजना प्रभावित क्षेत्रको विकासका लागि मेलम्ची खानेपानी विकास समितिले नियमित रूपमा उपलब्ध गराउँदै आएको बजेट तत्काल उपलब्ध गराउनुपर्ने, नदीलाई पुरानै धारमा बहाउनुपर्ने, मेलम्ची र इन्द्रावतीको तटीय क्षेत्रको कम्तीमा ५ मिटर खोला गहिर्‍याउनुपर्ने र तटीय क्षेत्रका जोखिममा रहेका बस्तीको संरक्षणका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने उनीहरूको माग छ । यसैगरी मेलम्ची र इन्द्रावती नदी किनारका बस्ती तथा खेतीयोग्य जमीन कटान भएकाले सो क्षेत्रको जमिन संरक्षण र खेतीयोग्य जमिन बचाउन मुहानदेखि सिपाघाट भिमटारसम्म आयआर्जन कार्यक्रम, स्थायी तटबन्ध निर्माण, सडक, सिँचाइ तथा सार्वजनिक पूर्वाधार निर्माण एवं संरक्षणका लागि मेलम्ची इन्द्रावती नदी कोरिडोर एकीकृत विकास आयोजना सञ्चालन गर्नुपर्ने माग स्थानीयले राखेका छन् । मेलम्ची नदीको पानी काठमाडौं आएपछि मेलम्चीवासीले लेभी पाउने सहमति भएर विभिन्न अध्ययन भएर प्रक्रिया बढेको, तर हालसम्म कुनै निर्णय नभएकाले तत्काल लेभी निर्धारण गर्नुपर्ने र वर्षामा सहज आवतजावत गर्न सकिने गरी सडक निर्माण तत्काल अघि बढाउनुपर्नेमा स्थानीयले जोड दिएका छन् । हेलम्बु–मेलम्ची क्षेत्रमा गएको बाढीपहिरोका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवाला निकायमा पटकपटक आग्रह गर्दा पनि गम्भीरतापूर्वक नलिएको भन्दै तत्काल सो समस्या समधान गर्न उनीहरूले आग्रह गरेका छन् । ‘माघ २१ गते आयोजनाको मेलम्ची साइट कार्यालय, मेलम्चीमा आयोजनासँग भएको सहमति लागू नभएकाले फागुन २२ गते बसेको स्थानीय सरोकार समुदाय एवं सामाजिक उत्थान सञ्चालन समितिका प्रतिनिधिहरूको बैठकले ६ बुँदे मागसहित मेलम्ची खानेपानी विकास समिति र नेपाल सरकारको ध्यानाकर्षण गराएका हौं,’ हेलम्बु–मेलम्ची बाढीपहिरो पीडित सरोकार समितिका सचिव अर्जुन भण्डारीले भने, ‘तत्काल माग पूरा नगरे चैत १ गतेदेखि मेलम्ची खानेपानी आयोजनाको सबै काम बन्द गर्ने भनेका छौं ।

बाढीले काभ्रेका दुई ठूला खानेपानी आयोजनामा क्षति

काभ्रेपलाञ्चोक । इन्द्रावती नदीमा आएको बाढीले काभ्रेपलाञ्चोकका दुई ठूला खानेपानी आयोजनामा क्षति पुर्‍याएको छ । मेलम्ची हुँदै इन्द्रावती नदीमा गत असार १ गतेदेखि पटकपटक बाढी आउँदा पाँचखाल बृहत् शहरी खानेपानी तथा सरसफाइ आयोजना र तेमाल बृहत् सुक्खा–क्षेत्र खानेपानी तथा सरसफाइ आयोजनाको मुहानमा ठूलो क्षति पु¥याएको हो । लिफ्टिङ प्रविधिका पाँचखाल खानेपानीको मुहान इन्द्रावती नदी किनार र तेमाल खानेपानीको मुहान सुनकोशी नदी किनारमा छन् । यस वर्षको पहिलो बाढीले तेमाल खानेपानीको मुहान रहेको स्थान तेमाल गाउँपालिका वडा नं २ र ३ को सिमाना सुनकोशी नदी किनार चुखाबेंँसीका कटान शुरू गरेको थियो । त्यससँगै यही साउन १७ र १९ गतेको बाढीले आयोजनाको मुहानको पक्की संरचनासमेत बगाएको उपभोक्ता समितिका अध्यक्ष संगामजित लामाले बताए । उनका अनुसार त्यहाँ निर्माण भएको ट्यांकीसमेत जोखिममा छ । ‘यस वर्षको अनपेक्षित बाढीले खानेपानीको मुहान क्षेत्रमा करोडौंको क्षति पु¥यायो, क्षतिबारे हामी अनुगमन गर्दछौं, क्षतिको प्रतिवेदन आउन बाँकी छ,’ लामाले भने । २०७२ असारमा सम्झौता भएको आयोजनाको काम गत साल मङ्सिरमा सक्ने लक्ष्य राखिए पनि कारोना महामारीका कारण कामको निरन्तरता नहुँदा केही धकेलिएको थियो । बाढीले क्षति पु¥याएको पुनर्निर्माण गर्दा केही समय अझै धकेलिने लामाले बताए । तेमाल क्षेत्रका ९ हजार ३१० परिवारका करीब ५५ हजार व्यक्तिका लागि खानेपानी आयोजना सञ्चालन गरिएको हो । भूकम्पलगत्तै खानेपानीका मूल सुक्दै गएपछि तेमालका केही बासिन्दा विस्थापित हुने तरखरमा थिए । तर बृहत् खानेपानी आयोजनाले रोकेको बताइन्छ । खानेपानी विभागमार्फत १ अर्ब २७ करोड, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताको ९ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा करीब ९५ प्रतिशत काम सकिएको समितिका अध्यक्ष लामाले जानकारी दिए । उनका अनुसार सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइनेछ । यस्तै इन्द्रावती नदीको पहिलो र त्यसपछिको बाढीले पाँचखाल खानेपानी आयोजनाको मुहानमा निर्माणाधीन संरचनामा २ करोडभन्दा बढीको क्षति पुगेको उपभोक्ता समितिले बताएको छ । भुम्लु गाउँपालिका–१० बिमिरेस्थित मुहानका सबै संरचना ध्वस्त भई ठूलो क्षति पुगेको उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिए । उनका अनुसार मुहानको इन्टेक, २० ठूला पम्प, प्यानल बोर्ड, पाइप तथा प्रोटेक्सन वालमा क्षति पुगेको छ भने निर्माणार्थ राखिएको सय टिपरभन्दा बढी बालुवा र केही मात्रामा सिमेन्ट बगाएको छ ।      आयोजनाका सहायक व्यवस्थापक इन्द्रमानसिंह बस्नेतका अनुसार निर्माणाधीन संरचना सुरक्षाका लागि बनाइएको तटबन्धका केही बाहेकका सबै संरचना बाढीले बगाएको छ ।    रासस

प्रकोपले लखेटेको माझी समुदायलाई २२ वर्षपछि नयाँ घर

साउन २०५४ को अन्तिम साता । दिनको अन्तिम घडीमा इन्द्रावती नदी साउने भेल बनेर उर्लिदैं आयो । साविक बाँडेगाउँ गाविसस्थित प्यूघर बस्तीलाई कटान गरेर माझी समुदायको १२ घर क्षणभरमै नदीमा मिसियो । साउने अविरल वर्षासँगै आएको बाढीले आफूहरू बस्दै गरेको बस्ती निमिट्यान्न पारेको त्यतिबेलाको दृष्य अझै आँखै अगाडि झल्झली नाचिरहन्छ इन्द्रावती गाउँपालिका–५ बाँडेगाउँका रामकृष्ण माझी (५६) लाई । २२ वर्षअघिको त्यो प्राकृतिक प्रकोपपछि अझैसम्म घरमा बस्न नपाएका रामकृष्णलाई त्यो दिनले पटक पटक झस्काइरह्यो । “आँखै अगाडि बस्ती बगेपछि त्यो पीडा अझै मनमा गढिरहेको छ,” रामकृष्ण भन्छन्, “त्यसदिनदेखि भएको टहराको बास २२ वर्षसम्म चल्यो ।”