आमाबुवा रातभर मोबाइलमा व्यस्त हुँदा गयो १९ महिने छोरीको ज्यान !

मान्छे मोबाइलमा व्यस्त हुने प्रवृत्ति कूलत जस्तै देखिएको छ । मोबाइलकै व्यस्तताले ज्यान समेत जाने गरेको छ । स्कटल्यान्डको उत्तरी लनार्कसायर शहरमा भएको एक घटनामा आमाबुवा रातभर मोबाइलमा व्यस्त हुँदा छोरीको मृत्यु भएको छ । बच्चालाई छाडेर आमाबुवा मोबाइल खेलाउन थाल्दा ओछ्यानबाट खसेर छोरीको मृत्यु भयो । बिहान ढिलासम्म सुतेर ब्युँझेपछि हेर्दा छोरीको शव भूँइमा फेला परेको थियो । छोरी किरा कनरय १९ महिनाकी थिइन् । घटना सार्वजनिक भएपछि आमाबुवाविरुद्ध अदालतमा मुद्दा चलेको थियो मुद्दामा फैसला सुनाउँदै अदालतले २७ वर्षीय बुवा माइ...