महिला फुटबल: साफ यू-१८ र दक्षिण एशियाली फुटबल यू-१५ मा नेपाल समूह बी मा

साफ यू -१८ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले पाकिस्तानसँग खेल्नेछ । शनिबार भएको ड्र मा नेपाल समुह बी मा परेको छ । सो समुहमा नेपालसँगै भुटान, बङ्गलादेश र पाकिस्तान रहेका छन् । त्यस्तै समुह ए मा आयोजक भारत, श्रीलङ्का र माल्दिभ्स परेका छन् । सेप्टेम्बर २८ देखि अक्टोबर ७ सम्म भारतमा हुने प्रतियोगितामा दक्षिण एसि...

सम्बन्धित सामग्री

नेपाली महिला फुटबल टाेलीलाई युनिलिभरकाे प्रायाेजन

काठमाण्डाै – नेपाली राष्ट्रिय महिला फुटबल टाेलीलाई युनिलिभर नेपालले प्रायाेजन गरेकाे छ । महिला फुटबल टोलीलाई प्रायोजन गर्न युनिलिभर नेपाल र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बीच आज मङ्गलवार सम्झौता भएको हाे । सम्झाैतापत्रमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले हस्ताक्षर गर्नुभयाे । युनिलिभरले एक वर्षका लागि महिला टोलीलाई प्रायोजन गर्ने र २५ लाख रुपैयाँ दिने एन्फाले जनाएको छ । यस प्रायाेजनमार्फत सबै पक्षमा महिला फुटबल टाेलीलाई सहयाेग र प्रवर्धन गर्न नजिकबाट...

कुमार थापा महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त

राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुमार थापा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार थापालाई नेपालमा आयोजना हुने साफ च्याम्पियनसिप प्रतियोगिताका लागि महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । पूर्वखेलाडी थापा विभागीय टोली एपीएफ फुटबल क्लबको पुरुष टोलीका मुख्य प्रशिक्षकसमेत हुन् । यसअघि अष्ट्रेलियन नागरिक ग्यारी फिलिप्सले महिला टोली छाडेयता टिम प्रशिक्षकविहीन थियो । ग्यारीको अनुपस्थितिमा चेतन घिमिरेले टिम हेरेका थिए । महिला साफ ६ द

साफ यु–१९ महिला फुटबल: नेपाल बाहिरियो

बंगलादेशमा जारी साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतसँग १–० ले स्तब्ध हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।...

महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा चेतन घिमिरे

काठमाडौँ – चेतन घिमिरे नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी ‘फोर नेसन्स फुटबल प्रतियोगिता’को लागि युवा प्रशिक्षक चेतन घिमिरेलाई टोलीको जिम्मेवारी दिएको हो। एएफसी ए लाइसेन्स प्राप्त ३३ वर्षीय प्रशिक्षक चेतन यसअघि महिला टोलीको सहायक प्रशिक्षकको रूपमा रहेका थिए। महिला टोलीको मुख्य प्रशिक्षक ग्यारी फिलिप्सको अनुपस्थितिमा […]

महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोट खेल खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान गरेको छ । नेपाली टोली टर्कीको इस्तानबुल हुँदै उज्वेकिस्तान पुग्नेछन् । टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष उपेन्द्रमान सिंह र महासचिव इन्द्रमान तुलाधरलगायतले सोमबार एक कार्यक्रमकबीच बिदाइ गरे । […] The post महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रिपूर्ण महिला फुटबल बराबरीमा

काठमाडौं, भदौ २७ । नेपालको राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बराबरीमै चित्त बुझाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेल गोलरहित बराबरीमा सकिएको हो । नेपालले अहिलेसम्म बंगलादेशसँग हार खानु नपरेको भए पनि मैत्रिपूर्णमा जित निकाल्दै घरेलु मैदानमा आफ्नो शान कायम राख्न चाहन्थ्यो । खेलमा दुवै टिमका खेलाडीले गोल गर्ने थुप्रै […]

गोलरहित बराबरीमा टुंगियो नेपाल-बंगलादेश मैत्रीपूर्ण महिला फुटबल

दशरथ रंगशालामा जारी मैत्रीपूर्ण महिला फुटबल खेलमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका छन् ।  आज भएको दोस्रो खेलमा कडा प्रतिस्पर्धा भएको थियो ।  यसअघि पहिलो खेलमा नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो ।

नेपाल–बंगलादेश मैत्रीपूर्ण महिला फुटबल : पहिलो खेलमा नेपाल विजयी

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाली सिनियर महिला फुटबल टोलीले बंगलादेशलाई २–१ ले पराजित गरेको छ । दशरथ रंगशालमा बिहीबार भएको खेलमा चारमध्ये दुई डेब्यु खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाली टोली विजयी...

नेपाल–बंगलादेश मैत्रीपूर्ण महिला फुटबल : नेपाल २–१ ले विजयी

नेपाल–बंगलादेशबीचको मैत्रीपूर्ण महिला फुटबल प्रतियोगितामा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपाल २–१ गोल अन्तरले विजयी भएको हो ।  नेपालका लागि सबिता राना र प्रीति राईले गोल...

बंगलादेशी महिला फुटबल टोली नेपालमा

नेपालसँगको मैत्रीपूर्ण खेल खेल्नका लागि बंगलादेशको राष्ट्रिय महिला फुटबल टोली आज सोमबार नेपाल आइपुगेको छ। यही भदौ २४ र २७ गते हुने दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेशी महिला फुटबल टोली...