बाबुरामलाई दीपशिखाको कटाक्ष : पार्टीको भारी नबोक्नुस्, चिन्तन-मनन गरेर बस्नुस्

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईप्रति नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा ‘दिपशिखा’ले कटाक्ष गरेका छन्। माओवादीको पूर्व नेतासमेत रहेका भट्टराई जसपाबाट अलग हुने अभ्यास गर्दै गर्दा नेता सापकोटाले कटाक्ष गरेका हुन्। उनले बाबुरामलाई कटाक्ष गर्दै फेसबुकमा लेखेका छन्, ‘चिन्तन–मनन गरेर बस्नुस्। तपाईं पार्टी (संगठन)को बोझिलो भारी नबोक्नुस्। तपाईं अहिलेसम्म कहिल्यै पास हुनुभएन। भूतपूर्व नेताको हैसियतले कहिलेकाही

सम्बन्धित सामग्री

एमालेप्रति झलनाथको कटाक्ष : सरकारमा प्रतिगमनकारी पनि छन्

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनलाई खिचडीको संज्ञा दिएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

'घण्टी'बारे ओलीको टिप्पणी : अमेरिकाको फ्रिडम पार्टीको चुनाव चिह्न यता लिएर आए

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी र अमेरिकन फ्रिडम पार्टीको चुनाव चिह्न हुबहु मिलेकोप्रति कटाक्ष गरेका छन्।च्यासलस्थित पार्टी कार्यालयमा मंगलबार आयोजित बधाई कार्यक्रममा अध्यक्ष ओलीले चुनावअघि अस्तित्वमै नरहेको पार्टी एक्कासी कसरी ठूलो बन्यो भन्दै प्रश्न समेत गरे।अध्यक्ष ओलीले भने, ‘संयोग होला अमेरिकाको फ्रिडम पार्टीको चुनाव चिह्न जस्तै यता पनि लिएर आएका छन्। अस्तिसम्म स्वाप्पै थियो। अहिले कसरी हुप्प फुल्यो।त्यतातिर पनि केही होला। त्यतातिर नजाऔं।&r

प्रचण्डप्रति ओलीको कटाक्ष : कम्युनिष्टलाई कमजोर बनाएर समाजवाद आउँदैन

काठमाडौं, १९ पुस : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टलाई कमजोर बनाएर समाजवाद नआउने बताएका छन् । काठमाडौंमा सोमबार आयोजित राष्ट्रिय जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कम्युनिष्टलाई कमजोर बनाएर र आफ्नै पार्टीको सरकार ढालेर समाजवाद अनाउने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरेका हुन् । माओवादी केन्द्रको आठौं महाधिवेशनमा […]

प्रचण्डलाई ओलीको कटाक्ष : समाजवादको बाटाे भनेर कति ढाँट्न सकेको?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनमा पेश गरेको राजनीतिक प्रतिवेदनप्रति कटाक्ष गरेका छन्।  राष्ट्रिय जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘भर्खरै एउटा महाधिवेशन सकियो। समाजवादको नेपाली बाटो भन्ने एउटा पुस्तक पनि देखियो। कति साह्रो ढाँट्न सकेको, पार्टी फुटाउने, आफ्नो  पार्टीको सरकार ढाल्ने, अर्काको पछाडि लाग्ने मित्रलाई सत्रु घोषणा गर्ने, प्रतिस्पर्धीलाई मित्र ठान्न

प्रचण्डप्रति ओलीको कटाक्ष : कम्युनिष्टलाई कमजोर बनाएर समाजवाद आउँदैन

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टलाई कमजोर बनाएर समाजवाद नआउने बताएका छन् । काठमाडौंमा सोमबार आयोजित राष्ट्रिय जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कम्युनिष्टलाई कमजोर बनाएर र आफ्नै पार्टीको सरकार ढालेर समाजवाद अनाउने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरेका हुन् । माओवादी केन्द्रको आठौं महाधिवेशनमा प्रचण्डले पेस गरेको वैचारिक […] The post प्रचण्डप्रति ओलीको कटाक्ष : कम्युनिष्टलाई कमजोर बनाएर समाजवाद आउँदैन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

देउवा-पौडेललाई कटाक्ष- पदमा पुग्न होडबाजी गर्ने, पुगेपछि केही नगर्ने ?

नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशनमा आफू केन्द्रीय सभापतिमा उम्मेदवारी दिने बताउनुभएको छ । उहाँले पदमा पुग्न होडबाजी गर्ने तर पुगेपछि केही नगर्ने प्रथाको अन्त्यका लागि आफू सभापति हुन चाहेको पनि बताउनुभयो । बुधबार नेपाली कांग्रेस नागार्जुन नगरसमितिले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उहाँले कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा आफूले सभापति पदमा …

नेपालप्रति ओलीको कटाक्ष – यति सारो लाजसरम पचेको मान्छे जिन्दगीमा देखेको थिइनँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले आफ्नो पार्टीको बदनाम र चरित्रहत्या गरेको आरोप लगाएका छन्। एमालेको काठमाडौं महानगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले नेपालले एमालेलाई...

झलनाथको कटाक्ष : दोस्रो पुस्ता मध्यपन्थ र अवसरवादमा मिसियो

काठमाडौँ – प्रस्तावित एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले एमालेका दोस्रो पुस्ताका नेताहरुप्रति कटाक्ष गरेका छन्। दिल्लीमा उपचार गराइरहेका खनालले चन्द्रागिरिमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकलाई अडियोमार्फत सम्बोधन गर्दै दोस्रो पुस्ताका नेताहरु मध्यपन्थ अवसरवादमा मिसिएको दाबी गरेका हुन्। खनालले भने, ‘ दोस्रो पुस्ताका साथीहरु कुन ठाउँमा पुग्नुभएको छ? हाम्रा पार्टीका धेरै साथीहरुलाई मध्यपन्थ र […]

‘केपी ओलीलाई साधारण सदस्यबाटै हटायौं रे, हाँस्न मन लाग्दैन ?’

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पार्टीको साधारण सदस्यबाटै हटाउने भनी अर्को समूहले गरेको निर्णयप्रति कटाक्ष गरेका छन् । ‘अहिले केपी ओलीलाई पार्टीको साधारण सदस्यबाटै हटायौं रे, हाँस्न मन लाग्दैन ?’ नेकपा प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठकले आइतवार गरेको निर्णयप्रति कटाक्ष गर्दै ओलीले भने । ओली पक्षीय नेकपाद्वारा दाङमा सोमवार आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी बैठक छाडेर अध्यक्ष भएँ भन्दै हिँडेकालाई निर्वाचन आयोगले द...