ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार भएको भेटवार्ताबारे वासिङ्टनबाट विस्तृत जानकारी पाउने अपेक्षा गरेको जनाएको छ । विटकफले रुसको सेन्ट पिटर्सबर्गमा पुटिनसँग भएको भेटमा युक्रेन युद्ध अन्त्य गर्न सम्भावित शान्ति सम्झौताका लागि केही ‘विचार’ प्रस्तुत गरेको बताएका छन् । यो भेटवार्ता युक्रेनमा […]
थापाले महिला, शान्ति तथा सुरक्षा एजेन्डालाई सैन्य अभियानकै अभिन्न अंगका रूपमा अघि बढाएका थिए। महिला सैनिकलाई परम्परागत रूपमा पुरुषको भूमिका बढी रहने जिम्मेवारीमा समेत सहभागी गराइएको थियो।
एजेन्सी । दुर्लभ माटो तत्व इट्रियमको विश्वव्यापी आपूर्ति ठप्प हुँदा जापानमा यसको अभाव गहिरिने चिन्ता बढेको छ । जापानी अधिकारीका अनुसार, आपूर्ति र मागबीच ठूलो असन्तुलन देखिएको छ भने उपलब्ध मौज्दात केही महिनाका लागि मात्र पर्याप्त हुन सक्छ । इट्रियम उपभोक्ता इलेक्ट्रोनिक्स, एलईडी, विमानका इन्जिन, अर्धचालक उत्पादनमा प्रयोग हुने उपकरण तथा विभिन्न औद्योगिक सामग्री निर्माणका […]