नक्कली भुटानी शरणार्थी प्रकरण : ‘मुख्य बिचौलिया’सहित दुईजनाको लिइयो बयान

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका अभियुक्तमाथि बयान शुरु भएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आजबाट बयान शुरु भएको हो । बयानका क्रममा आज केशव दुलाल र सागर राईको बयान लिइएको छ । अरू आरोपितको बयान क्रमशः हुँदै जानेछ । अब आइतवार पनि बयान जारी रहनेछ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणमा पक्राउ परेका दुलाल यो ठगी प्रकरणका मुख्य बिचौलिया रहेको पाइएको छ । पूर्ववडाध्यक्षसमेत रहेका राई पनि यो ठगी प्रकरणमा बिचौलिया रहेको खुलेपछि पक्राउ गरिएको थियो ।  उक्त प्रकरणमा सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । तीमध्ये मुद्दा दर्ता गर्दासम्म १६ प्रकाउ परेका थिए । आज एकजना फरार अभियुक्त लक्ष्मी महर्जन पक्राउ परेका छन् । महर्जनसहित १६ जना अभियुक्त प्रकाउ भएका छन् । अझै १३ जना अभियुक्त फरार छन् । फरार अभियुक्तविरूद्ध पनि अदालतमा मुद्दा दर्ता गरिएको छ ।  अदालतमा उक्त प्रकरणका अभियुक्तको बयानपछि थुनछेक बहस हुनेछ । अभियुक्त थुनछेक बहसपछि धरौटीमा थुनामुक्त हुने वा थुनामा पठाउने निर्णय अदालतले गर्नेछ । रासस

सम्बन्धित सामग्री

छुट्लान् त काँग्रेस नेता खाँण !

उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा नेपाली काँग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणको विषयमा आज सुनुवाइ भइरहेको छ।...

नक्कली भुटानी शरणार्थी प्रकरण : लक्ष्मी महर्जन पक्राउ

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी महर्जन रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार महर्जनको खातामा ठगी गरेको रकम जम्मा गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । […]

अनुसन्धान प्रतिवेदन भन्छ, ‘गृह मन्त्रालयमै बिचौलियासँग खाणको बैठक’

प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धान प्रतिवेदनमा बालकृष्ण खाण २०७८ पुस २९ मा गृहमन्त्री भएपछि बिचौलियासँग बैठक गरेको उल्लेख छ।...

के हो संगठित अपराध? कति हुन्छ सजाय? (भिडियो)

काठमाडौँ- पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरण बाहिरिएसँगै चर्चामा रहेको अपराध हो संगठित अपराध। यस किसिमको अपराधमा कुनै पनि समूह अपराध गर्नकै लागस भनेर तयार गरिएको हुन्छ। उक्त समूहले एक मात्रै नभइ थुप्रै अपराध पनि गर्न सक्छ। आजको कार्यक्रम कानुनमा के छ? मा हामि संगठित अपराध भनेको के हो? कस्तो किसिमका अपराध यस अन्तर्गत पर्दछन्? […]

नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रद्रोह हो : एमाले महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रद्रोह भएको बताएका छन् । प्रेस चौतारी दाङले आइतबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पोखरेलले यस घटनामा राजनीतिक संरक्षण गर्न नहुने बताए ।

शरणार्थी प्रकरण दबाउन खोजे जनआक्रोशको आँधीबेहरी आउनेछ : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नक्कली भुटानी शरणार्थी प्रकरण दबाउन खोजे जनआक्रोशको आँधीबेहरी आउने चेतावनी दिएका छन् ।  मानव तस्करी, संगठित अपराध र ठगीजस्ता जघन्य अपराधको प्रहरीले छानविन गरिरहेको अवस्थामा छानविन...

टोपबहादुरबारे सांसद्को प्रश्नः दोषी छैनन् भने किन लुकेर बसेका छन्?

जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवले नक्कली भुटानी शरणार्थी प्रकरण मुछिएका नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी किन लुकेर बसेका भनी प्रश्न गरेका छन्।...

पाँच–सात सय भ्रष्टाचारीलाई हेलिकप्टरबाट टुँडिखेलमा पछार्नुपर्छ : मन्त्री किराँती

काठमाडौं, २२ वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नक्कली भुटानी शरणार्थी प्रकरण तत्कालीन केपी शर्मा ओली सरकारको उपहार भएको आरोप लगाएका छन् । ‘नक्कली भुटानी शरणार्थी प्रकरण केपी ओलीको सरकारको उपहार त हो । नेकपाले दुई तिहाइको सरकार बनाउँदा ड्राइभिङ सिटमा को थियो ? यो उहाँले अह्रनखटन मिलाएर भएको घटना हो […]

नक्कली भुटानी शरणार्थी प्रकरण : एक दर्जन बढी व्यक्ति प्रहरीको निगरानीमा

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा पक्राउ परेकाहरूको बयानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको नाम पनि मुछिएको छ । पक्राउ परेकाहरूको बयानका क्रममा नाम आएपछि एकपछि अर्को गर्दै राजनीतिक व्यक्ति र नेपाल सरकारका बलालवाला उच्च पदस्थ कर्मचारीसमेत तानिन थालेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ […] The post नक्कली भुटानी शरणार्थी प्रकरण : एक दर्जन बढी व्यक्ति प्रहरीको निगरानीमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नक्कली भुटानी शरणार्थी प्रकरण : ८ जना पक्राउ, दुई जना फरार

काठमाडौं, वैशाख २१ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा अहिलेसम्म ८ जना पक्राउ परेका छन् । गृह मन्त्रालयका पूर्व सचिव एवं उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे, पूर्व मन्त्री एवम् सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीपसहित ८ जना पक्राउ परेका हुन् । नेता रायमाझीका छोरा सन्दीपलाई प्रहरीले हिजो बेलुका बुटवलबाट […]